नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित
काठमाडौँ। नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्विरोध निर्वाचित हुनुभएको छ । काठमाडौँमा जारी विशेष महाधिवेशन पक्षधरको दोस्रो विशेष महाधिवेशनबाट आज पार्टी सभापति पदमा थापा निर्विरोध निर्वाचित
भएका केन्द्रीय निर्वाचन समितिका संयोजक सीताराम केसीले जानकारी दिए ।
“सभापति पदमा थापाको मात्रै उम्मेदवारी भएकाले उहाँ निर्विरोध निर्वाचित भएको घोषणा गर्दछु”, निर्वाचन परिणाम सुनाउँदै संयोजक केसीले भने । सभापतिमा निर्वाचित भएपछि थापाले महाधिवेशनस्थल भृकुटीमण्डपमा उपस्थित नेता, कार्यकर्ता र शुभेच्छुकलाई सम्बोधन गरे। उनले देश र नेपाली जनताले चाहेजस्तो काँग्रेस बनाउन आफ्नो सम्पुर्ण जीवन अर्पण गर्ने बताए ।

