आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक
नानु खड्का (निर्जला)
|
22 hours ago
काठमाडौं । आज नेप्से परिसूचक १ दशमलव ५२ अंकले बढेर २,६४१ को विन्दुमा कायम भएको छ । आज १२५ कम्पनीको शेयर मूल्य बढेको छ भने १२४ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै सुपर मादी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९४ प्रतिशतका दरले कमाएका छन् । थ्रि स्टार हाइड्रोका लगानीकर्ताले ८ दशमलव २३ प्रतिशतका दरले कमाएका छन् । एनएमबि माइक्रोफाइनान्सका लगानीकर्ताले ७ दशमलव ३४ प्रतिशतका दरले कमाएका छन् ।
