npl.977 Nepal News Stream

#stockmarketofnepal

Contents
Insurance Khabar logo Insurance Khabar

शेयर संरचना परिवर्तन गर्दै समता घरेलु लघुवित्त

जयराम गौतम 4 minutes ago

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर संरचना परिवर्तन गर्ने प्रक्रिया अगाडि बढाएको छ।

संस्थाले आज एक सूचना प्रकाशित गर्दै संस्थापक शेयर संरचन परिवर्तन गर्न लागिएको जानकारी गराएको हो। साविक समता, घरेलु, मनकामना र स्मार्ट लघुवित्त आपसमा मर्जर भएपछि संस्थामा संस्थापक समूहको ६३.८७ प्रतिशत र सर्वसाधारण समूहको ३६.१३ प्रतिशत कायम भएको थियो।

यो शेयर संरचनालाई परिमार्जन गर्दै संस्थाले अब संस्थापक समूहको ५.११ प्रतिशत र सर्वसाधारणको ४०.८९ प्रतिशत कायम गर्न लागेको हो। जसअनुसार साविक समता लघुवित्तका संस्थापक शेयरधनीहरुको ४.७६ प्रतिशत शेयर सर्वसाधारणमा परिमार्जन गरिने संस्थाले जनाएको छ।

संस्थापक शेयर सर्वसाधारणमा परिमार्जन गर्न नचाहने साविक समता लघुवित्तका संस्थापक शेयरधनीलाई ३५ दिनभित्र काभ्रेको बनेपास्थित संस्थाको केन्द्रीय कार्यालयमा लिखित निवेदन दिन सूचनामा भनिएको छ। तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट कुनै प्रकारको निवेदन नपरेको खण्डमा संस्थापक शेयर सर्वसाधारणमा परिमार्जन गर्न मञ्जुर भएको मानिने सूचनामा स्पष्ट पारिएको छ।

Insurance Khabar logo Insurance Khabar

यो वर्ष पनि नेपाल फाइनान्सका शेयरधनीहरुको हात रित्तै, लाभांश नपाउने

जयराम गौतम 22 hours ago

काठमाडौं । नेपाल फाइनान्सले यस वर्ष पनि शेयरधनीहरुलाई निराश बनाएको छ।

कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१।८२ का लागि कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको हो। आर्थिक वर्ष २०६७।६८ मा लाभांश वितरण गरेयता कम्पनीले हालसम्म लाभांश वितरण गरेको छैन।

कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकबाट पेस गर्ने निर्णय पनि गरेको छ। राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभामार्फत वित्तीय विवरण अनुमोदन गरिने कम्पनीले जनाएको छ।

Insurance Khabar logo Insurance Khabar

सिद्धार्थ केबलकारले ल्यायो आफ्ना शेयरधनीलाई २५०% आरक्षित शेयर

जयराम गौतम 23 hours ago

काठमाडौं । सिद्धार्थ केबलकारले आफ्ना संस्थापक शेयरधनीलाई हाल कायम चुक्तापुँजीको २५० प्रतिशत आरक्षित शेयर आज मंसिर १४ गतेबाट बिक्री खुला गरेको छ।

कम्पनीले यही मंसिर १२ गतेसम्म कायम शेयरधनीहरुलाई १ः२.५ प्रतिशत आरक्षित शेयर जारी गरेको हो। अब कम्पनीका शेयरधनीहरुले ३५ दिनभित्र आफूले खरिद गर्न पाउने शेयरधनीका लागि निवेदन दिन सक्नेछन्।

शेयरधनीहरुले प्रभु केबलकार एन्ड टुरिजमको नाममा रहेको प्रभु बैंकको कोटेश्वर शाखास्थित खाता नम्बर ११५०१५३५६२१०००१५ मा रकम दाखिला शेयर खरिदका लागि निवेदन दिन सक्नेछन्। तोकिएको अवधिभित्र शेयर खरिदका लागि निवेदन नदिने शेयरधनीहरुलाई आरक्षित गरिएको शेयर उपलब्ध नहुने कम्पनीले जनाएको छ।

आरक्षित शेयर खरिदका लागि निवेदन दिँदा शेयरधनी प्रमाणपत्र, व्यक्तिगत प्यान नम्बर, राष्ट्रिय परिचयपत्र र नागरिकताको प्रतिलिपि पनि पेस गर्नुपर्नेछ।

Explore by Source or Category