npl.977 Nepal News Stream

#nationallifeinsurancecompay

Insurance Khabar logo Insurance Khabar

नेशनल लाइफको ३८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावित लाभांश पारित

नानु खड्का (निर्जला) 21 hours ago

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ३८औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा सभा काठमाडौंको लाजिम्पाटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष २०८१।८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको ४ प्रतिशत बोनस शेयर र ८.५ प्रतिशत नगद लाभांश अनुमोदन गरेको छ । लाभांश प्रयोजनार्थ छुट्याइएको करबापत ०.६६ प्रतिशतले हुन आउने नगद लाभांश पनि सभाले स्वीकृत गर्नेछ।

सभाले चुक्तापुँजी वृद्धि गरी प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको हालको लगानीसम्बन्धी व्यवस्था थप परिमार्जन गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ ।

सभाले नियमावली र प्रबन्धपत्रमा संशोधन गर्दा नियमनकारी निकायहरुबाट प्राप्त रायसुझाव वा निर्देशनअनुसार गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८२।८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गरेको छ ।

कम्पनीको कूल बीमाशुल्क १०.२६ प्रतिशतले बृद्धि भई रु.२,२५९.३७ करोड पुगेको छ । समिक्षा वर्षको संचालनवाट जम्मा रु.१,४९८.५९ करोड खूद थप रकम कूल बीमा करार दायित्वमा सारिएको छ र कूल बीमा करार दायित्व गत वर्षको तुलनामा १८.८३ प्रतिशतले बृद्धि भई वर्षान्तमा रु.९,४५८.७७ करोड पुगेको छ । यसै गरी कम्पनीले समीक्षा वर्षमा मृत्यु दावी, अवधि समाप्ती एवं आंशिक अवधि समाप्ती दावी, सर्मपण मूल्य, दावी एंव अन्य दावी भुक्तानीमा रु. ९४८.६५ करोड दावी भुक्तानी गरेको छ ।

Explore by Source or Category