npl.977 Nepal News Stream

#hib

Insurance Khabar logo Insurance Khabar

स्वास्थ्य बीमाः दाबी व्यवस्थापनमा थप स्पष्टता, सेवा प्रदायक स्वास्थ्य संस्थालाई यस्ता निर्देशन

जयराम गौतम 20 hours ago

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले दाबी व्यवस्थापन कार्यलाई थप स्पष्ट पारेको छ।

स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई पत्राचार गर्दै बीमा बोर्डले दाबी व्यवस्थापन कार्यबारे थप स्पष्ट पारेको हो। ‘बीमा बोर्डको दाबी व्यवस्थापन कार्यलाई थप वैज्ञानिक तथा प्रभावकारी बनाउन विगतमा पत्राचार भइसकेको छ’, पत्रमा भनिएको छ, ‘त्यस विषयमा थप स्पष्टताका लागि पुनः यो पत्र जारी गरिएको छ।’

अब दाबी प्रक्रिया सोहीबमोजिम गर्न बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ।

दाबी व्यवस्थापनसम्बन्धी स्पष्टता

स्वास्थ्य बीमा बोर्डको बीमा व्यवस्थापन सूचना प्रणाली (आईएमआईएस) मा सेवा प्रदायक स्वास्थ्य संस्थाहरुले दाबी प्रविष्ट गर्दा रेफरल/इमर्जेन्सी/ओपीडीबाट भर्ना हुने हकमा भिजिट टाइपमा अदर्स राखी केयर टाइपमा ओपीडी/आईपीडी भन्ने कोलममा अनिवार्य रुपमा आईपीडी उल्लेख गर्नुहुन्।

ओपीडीबाट सेवा लिनुपर्ने अवस्थामा सोही दिन ओपीडीकै सेवाका लागि फरक/फरक क्लेम कोड नआउने भएकाले सोही क्लेम कोडमै भिजिट टाइपमा ओपीडी राखी सेवा प्रदान गर्नुहुन।

ओपीडीबाट सेवा लिई सोही दिन इमर्जेन्सीमा सेवा लिनुपर्ने हकमा र इमर्जेन्सीबाट सेवा लिई सोही दिन ओपीडीमा सेवा लिनुपर्ने हकमा फरक–फरक क्लेम कोड राखी दाबी गर्न सकिने।

बीमितको सदस्यता बहाल रहने अवधिभित्र शिशु जन्मेमा शिशुलाई बीमितको सदस्यता बहाल रहने अवधिसम्मका लागि आमाकै क्लेम कोड प्रयोग गरी आवश्यक कागजात आमा र शिशुको रानुपर्ने तथा शिशुको मात्रै सेवा प्रदान गर्नुपर्ने हकमा आमाकै बीमा नम्बरबाट क्लेम कोड प्रयोग गरी शिशुको आवश्यक कागजात राखी सेवा उपलव्ध गराई आवश्यक एक्सप्लानेसन आईएमआईएस प्रणालीमा उल्लेख गर्नुहुन।

Explore by Source or Category