साफ क्लब महिला च्याम्पियनशिपको प्रशारण अधिकार सुश्री मिडियालाई
केशवप्रसाद भण्डारी
|
10 hours ago
काठमाडौं । अखिल नेपाल फुटबल संघले दक्षिण एसियाका शीर्ष महिला क्लब टोलीहरू समावेश गर्ने क्षेत्रीय प्रतियोगिता (साफ) क्लब महिला च्याम्पियनसिपको लागि सुश्री मिडिया प्रा. लि.सँग प्रसारण, मार्केटिङ र डिजिटल अधिकार सम्झौतामा हस्ताक्षर गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार सम्झाैता पत्रमा एन्फा महासचिव किरण राई र सुश्री मिडियाका प्रबन्ध निर्देशक अनिल लामिछानेले हस्ताक्षर गरेका हुन्।
यो प्रतियोगिता आगामी डिसेम्बर ५ देखि २० सम्म दशरथ रंगशालामा हुनेछ।
सर्वाधिक रकम प्रस्ताव गरेपनि नेपाल क्रिकेट संघ (क्यान) ले सञ्चालन गरिरहेको नेपाल क्रिकेट लिग(एनपीएल) को प्रशारण अधिकारबाट वञ्चित भएको थियो।