हेर्ने कथा
|
2 months ago
माछापुच्छ्रे हिमालफेदिका घना जङ्गलहरु वर्षायामको ४० दिन टुसा टिप्नेहरुका लागि खुल्ला हुन्छ । भिराला निगालाघारीमा भालु र जुकासँग लड्दै टुसा खोज्न जानेहरु मध्यरातमै जाग्छन् । टुसाको कथा माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ९ मा पर्ने प्रुन्धु (Prundhu) गाउँमा अघिल्लो साँझ पुगेका हामी, राति २ बजे नै तयार हुन थाल्यौं । मूख्य डर जुकाको थियो … Read more "EP150 Tusa ko Katha" The post EP150 Tusa ko Katha appeared first on Herne Katha.
हेर्ने कथा
|
3 months ago
प्राय हिमाली गाउँका कथा उस्तै उस्तै हुन्छन् । हिउँद छल्ने र बर्खा पछ्याउने उकाली ओरालीका कथा । चौंरी र च्याङ्ग्रा गोठका कथा । अलिअलि खेतीका कथा । तिब्बतसँगका व्यापारका कथा । चिसो कथा । शान्त कथा । कठीन कथा । नेपालकै अग्लो मानव वस्तीका रुपमा चिनिने उपल्लो डोल्पाको छार्का भोटको कथा पनि उस्तै उस्तै … Read more "EP149 Chharka Bhot ko Katha" The post EP149 Chharka Bhot ko Katha appeared first on Herne Katha.
हेर्ने कथा
|
3 months ago
असमको राजधानी गुवाहाटीबाट ६५ किलोमिटर जति पूर्व लागेपछि राजमार्ग छेवैमा एउटा नेपाली बस्ति भेटिन्छ । ठाउँको नाम हो अम्लिघाट । अम्लिघाटको कथा अम्लिघाट गाई पाल्नेहरुको लागि प्रख्यात छ । यहाँबाट कपिली नदी धेरै टाढा छैन । तर आजकल भुपेन हजारिकाको गीतमा जस्तो कपिलीपारि गाई हराउँदैनन् । यहाँका मान्छले जङ्गलमा बसेर गाई पाल्न … Read more "EP148 Amlighat ko Katha" The post EP148 Amlighat ko Katha appeared first on Herne Katha.
हेर्ने कथा
|
4 months ago
यसपालि हामीले उपल्लो डोल्पाको यात्रा गर्ने भयौं । मुस्ताङको बाटो हुँदै । मुस्ताङदेखि डोल्पासम्म बर्खा लागिसकेको छ । कागबेनीमा पर्यटकहरुको उत्ति सारो चहलपहल छैन । एका विहानै हिँड्ने तयार गरिरहँदा डोल्पाका पेम्मा भेटिए । आफ्नी पत्नी शेरापलाई काठमाडौंमा ३ महिनासम्म उपचार गराएर डोल्पा फर्किन लागेका । पेम्माका दम्पत्ती पनि हामीसँगै डोल्पा जाने भए … Read more "EP147 Mustang to Dolpo" The post EP147 Mustang to Dolpo appeared first on Herne Katha.
हेर्ने कथा
|
4 months ago
तीन सपनाको अवसान रोल्पा सदरमुकाम लिवाङ बजार हिउँदे झरीमा भिजेको छ । पहाडको भिरालोमा नयाँ बनेका अग्ला सिमेन्टीका घरहरुले माटोको एउटा पुरानो घर छेकिदिएको छ । यो घरमा डेरा गरी बस्छन् कामरेड मिसाइल, कामरेड आशा र १३ वर्षको छोरो लोकेन्द्र । आशा राना १४-१५ वर्षको उमेरमा माओवादीमा लागिन् । पार्टीको अभियानमा हिँड्दा गिरफ्तारीमा … Read more "EP146 Three Stories of War" The post EP146 Three Stories of War appeared first on Herne Katha.
हेर्ने कथा
|
5 months ago
प्युठानको उत्तरतिर – स्याउलीवाङ । स्याउलीवाङमाथि खलेजवाङ । खलेजवाङमाथि कोठीभिर । कोठीभिरका हिउँ पग्लेर चट्टानहरुसँग लुकामारी खेल्दै झर्ने पानीका लहरा – नौ बहिनी छहरा । छहराको शिरमा गोठ बस्ने पाटन । पाटनको गोठमा जुनी बिताएका दुई बहिनी । भिमला घर्ती र ललिमा घर्ती । कोठीभीरले उत्तरतर्फका धौलागिरी सेरोफेरोका हिमालचुली छेकिदिन्छ । हिमालबाट आउने … Read more "EP145 The Wild Flowers" The post EP145 The Wild Flowers appeared first on Herne Katha.
हेर्ने कथा
|
5 months ago
खुम्बुको पदयात्रा गर्नेहरुका लागि सगरमाथाको फेदि अर्थात् आधारशिविर एउटा मिठो थकान बिसाउने गन्तव्य हो । सगरमाथाको टाकुरा चुम्ने सपना बोकेर आउनेहरुको लागि भने आधारशिविर गन्तव्य होइन, सुरुवात हो । आधारशिविरबाट सगरमाथा शिरतिर पाइला मोड्दैजाँदा अरु थुप्रै क्याम्पहरु छन् । क्याम्प वान, क्याम्प टु, क्याम्प थ्री, क्याम्प फोर । बेसक्याम्पदेखि क्याम्प 1 सम्मको बाटोलाई … Read more "EP144 Icefall Doctors" The post EP144 Icefall Doctors appeared first on Herne Katha.