npl.977 Nepal News Stream

#SHARE MARKET

Artha Sarokar :: Nepal's No.1 Economic News logo Artha Sarokar :: Nepal's No.1 Economic News

आइतबार २६.५१ अंकले घट्यो नेप्से परिसूचक, ७ अर्बमाथिको कारोबार

Supriya Acharya 17 hours ago

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आइतबार नेप्से परिसूचक २६.५१ अंकले घटेर २६४९.५२ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय ४२ कम्पनीको १ करोड ५७ लाख ३६ हजार ३ सय ७२ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ८ करोडमाथिको सेयर कारोबार भएको छ । आजको बजारमा सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको २३ करोड ५ लाख ५९ हजार ९ सय ४७ रुपैयाँ ६० पैसा बराबरको कारोबार भएको छ ।

आइतबारको बजारमा सागर डिष्टिलरी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, १०% एनआईएमबि डेबेञ्चर २०९० का लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले घटेको हो ।

 

Explore by Source or Category