npl.977 Nepal News Stream

#NPL

Contents
OnlineKhabar English News logo OnlineKhabar English News

NPL 2025: No matches today, two matches on Tuesday

Sangita Shrestha 23 minutes ago

Kathmandu, December 1

No matches are being played under the Nepal Premier League 2025 today, as Monday has been designated as a rest day. The franchise-based Twenty20 cricket tournament hosted by Cricket Association of Nepal (CAN) will resume tomorrow with two matches.

In the first match to begin at 11:45 am, Chitwan Rhinos will face Janakpur Bolts while the day-night match starting at 4:00 pm will feature Karnali Yaks and Pokhara Avengers. The matches are being played at the TU International Cricket Ground in Kirtipur.

As of today, Sudurpaschim Royals leads the points table with 10 points in 5 games followed by Kathmandu Gorkhas and BiratnagarKings who are in second and third position respectively, with 8 points each.

The post NPL 2025: No matches today, two matches on Tuesday appeared first on OnlineKhabar English News.

BIZMANDU logo BIZMANDU

गुल्सनको बलियो ब्याटिङको सहायतामा कर्णालीले काठमाडौंलाई दियो १५० रनको लक्ष्य

Mukunda Ghimire 20 hours ago

काठमाडौं। कर्णाली याक्सले काठमाडौं गोर्खाजसामू १५० रनको लक्ष्य प्रस्तुत गरेको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार जारी खेलमा टस जितेर ब्याटिङमा उत्रिएको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४९ रन बनाएको हो। कर्णालीको ब्याटिङ उकास्न महत्वपूर्ण योगदान योगदान गरेका गुल्सन झा अर्धशतक बनाउन एक रनले चुके।

टस जितेर ब्याटिङमा उत्रिएको कर्णालीको सुरुवात राम्रो हुन सकेन। काठमाडौंका कप्तान करण केसीले कर्णालीका प्रभावशाली ओपनर प्रियांक पाञ्चाललाई रोयल डकआउट गर्दै पहिलो सफलता हात पारे।

अर्का ओपनर मार्क वाटले २७ बलमा १ चौका र २ छक्काको सहायतामा ३० रन बनाउँदा तेस्रो नम्बरमा आएका अस्ट्रेलियन ब्याटर विल बोसिस्ट १ रन बनाएर रन आउट भए।

क्रिजमा सोमपाल र गुल्सन झा।

पवन सर्राफ र मार्क वाटले ४६ बलमा ५९ रन बनाउँदै इनिङ्स उकास्ने प्रयास गरे। सर्राफले २९ बलमा समान २ चौका र छक्काको सहायतामा ३५ रन बनाए। उनलाई सन्तोष यादवले एलबीडब्लु आउट गरे।

त्यस्तै नजिबुल्ला जार्दनले १२, कप्तान सोमपाल कामीले ६ तथा दीपक डुम्रेले १० रन बनाउँदा कर्णालीका लागि सबैभन्दा ठूलो योगदान गुल्सन झाले गरे। झाले २२ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै अविजित ४९ रन बनाए।

बलिङतर्फ कर्णालीका राशिद खानले २ विकेट लिँदा करण केसी, मिलिन्द कुमार र सन्तोष यादवले समान १ विकेट लिए।

काठमाडौं जवाफी ब्याटिङमा उत्रिएको छ।

The post गुल्सनको बलियो ब्याटिङको सहायतामा कर्णालीले काठमाडौंलाई दियो १५० रनको लक्ष्य appeared first on BIZMANDU.

BIZMANDU logo BIZMANDU

एनपीएल: कर्णालीले टस जितेर ब्याटिङ रोज्यो, फिल्डिङ गर्दै काठमाडौं, प्लेइङ ११ मा कोको?

Mukunda Ghimire 22 hours ago

काठमाडौं। कर्णाली याक्सले काठमाडौं गोर्खाजविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबारको खेलमा कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्।

एनपीएलको प्लेअफमा पुग्न कर्णाली आजको खेलमा जित्नै पर्ने दवाबमा छ। अर्कोतर्फ काठमाडौंलाई आजको खेल जिते प्लेअफको सम्भावना बलियो हुने समीकरण छ। हालसम्म पाँच खेल खेल्दा शतप्रतिशत जित निकालेको सुदूरपश्चिमले मात्र प्लेअफमा स्थान सुरक्षिग गरेको छ। अर्कोतर्फ एनपीएलमा जितविहीन एकमात्र टोली जनकपुरले बाँकी खेल जितेर पनि अन्य खेलको नजिताको झिनो सम्भावनामात्र बाँकी छ।

६ खेल खेलेर आधामा जित निकालेको काठमाडौं ६ अंकसहित तालिकाको तेस्रो स्थानमा छ। त्यस्तै, चार खेल खेल्दा एउटामा मात्र जित निकालेको कर्णाली २ अंकसहित छैटौं स्थानमा छ। कर्णालीलाई प्लेअफको होडमा रहन जितको ठूलो दवाब छ।

आजको खेलमा कर्णालीले प्लेइङ ११ मा खेलाडी परिवर्तन गरेको छैन भने काठमाडौंले एक परिवर्तन गरेको छ। शीर्षक्रमका ब्याटर भीम सार्की दीपेश कँडेलको स्थानमा आएका छन्।

काठमान्डौँको प्लेइङ ११
करण केसी (कप्तान), शहाब अलाम, भीम सार्की, रशिद खान, सन्तोष यादव, आकाश त्रिपाठी, आदिल अन्सारी, वेन चार्ल्सवेथ, मिलिन्द कुमार, गेरार्ल्ड इरासमस, जोन सिमसन।

कर्णालीको प्लेइङ ११
सोमपाल कामी, दिपक डुम्रे (विकेटकिपर), विपिन प्रसाद शर्मा, नन्दन यादव, पवन सर्राफ, युवराज खत्री, गुल्सन झा, मार्क वाट, विल बोसिस्टो, नजिबउल्लाह जर्दान र प्रियांक पञ्चाल

The post एनपीएल: कर्णालीले टस जितेर ब्याटिङ रोज्यो, फिल्डिङ गर्दै काठमाडौं, प्लेइङ ११ मा कोको? appeared first on BIZMANDU.

Explore by Source or Category