npl.977 Nepal News Stream

#Gen Z

Contents
HimalPress | English logo HimalPress | English

PM Karki meets with families of Gen Z martyrs

bishnu 15 hours ago

KATHMANDU: Prime Minister Sushila Karki held discussions with a delegation of families of martyrs who attained martyrdom during the Gen Z demonstrations.

According to the Prime Minister’s Secretariat, the meeting focused on the actions taken by the government in line with the mandate of the demonstrations.

The delegation, led by Bhoj Bikram Thapa, said the government should not speak only about elections but must also take action against corruption and immediately arrest those who used force to suppress the movement.

The delegation also reminded the government that the previously submitted 14-point demand must be implemented without delay, and warned that the situation should not be allowed to escalate to the point of requiring a renewed protest.

In response, Prime Minister Karki said the government was serious and sincere about the mandate of the movement and the demands of the martyrs’ families.

Minister for Youth and Sports Bablu Gupta, Chief Secretary Suman Raj Aryal and other high-ranking officials were present in the meeting.

News of Nepal logo News of Nepal

एकै वर्ष युरोकप र विश्वकप जितेका युवा पोर्चुगल

न्युज अफ नेपाल 16 hours ago

२७ नोभेम्बर २०२५ को साँझ, खालिफा अन्तर्राष्ट्रिय स्टेडियम सुनौलो प्रकाशले चम्किरहेको थियो । कतारमा त्यस साँझ पोर्चुगलका १७ वर्ष मुनिका युवा फुटबलरहरूका लागि अब केही पनि कल्पनामा मात्र सिमित थिएन । फाइनल खेल सकिएको सिट्टी बजेपछिको अंकमाल, आँशु र सम्पूर्ण पोर्चुगल टिमका युवा हृदयबाट एकैसाथ निस्केको गर्जनले इतिहास बदलिसकेको थियो । जसको प्रत्यक्ष साक्षी बनिरहेको थियो रंगशालामा उपस्थित हजारौं दर्शकहरुको गगनभेदी गुन्जायमान । किनभने पोर्चुगल पहिलोपटक १७ वर्षमुनिको विश्व च्याम्पियन बनेको थियो । ‘गोल्डेन बल’ जितेका मातेउस माइड र मैदानको अर्को छेउमा उभिएका ‘गोल्डेन ग्लोभ्स’ उचालेर बसेका गोलकिपर रोमारियो कुन्हाको अनुहारमा मुस्कान निरन्तर प्रवाह भइरहेको थियो ।

अल्बानियामा रचिएको सपना

गत मे महिनामा यस विशेष लक्ष्यको बीउ रोपिएको थियो । त्यहाँ टोलीले यू–१७ युरोपकप जितेको थियो । त्यो जितले त्यसभन्दा ठूलो मुकाम प्राप्तिका लागि श्री गणेशको संकेत गरेको थियो । किनभने त्यही टोलीले २२ वर्ष लामो अन्तरालपछि यू–१७ विश्वकपमा पुनरागमन गर्दै थियो । तर, कसैले कल्पना पनि गरेको थिएन कि यात्रा यति टाढासम्म पुग्नेछ भनेर । युरोकप जित्नु शुभसाइतको सगुनको टीका जस्तै थियो भने अहिले विश्वकप जित्नु त्यही सगुनको आर्शीवाद ।

नयाँ नायकहरूको उदय

कतारमा पोर्चुगलले सफलता पाउनुअघिको यात्रा कुनै कोणले सरल भने थिएन । न्यू क्यालेडोनियाविरुद्ध ६–१ र मोरोक्कोविरुद्ध ६–० गोलअन्तरको जित आँधीबेहरी जस्तै सुरुवात थियो । त्यसपछि जापानले उनीहरूलाई कडा टक्कर दिँदै सपना पूरा गर्नका लागि कठिन संघर्ष आवश्यक छ भनेर झक्झक्यायो । त्यसपछि झनै निखारिएर उत्कृष्ट लय समातेको पोर्चुगललाई नकआउट चरणमा कसैले रोक्न सकेन । पहिले बेल्जियम अनि त्यसपछि मेक्सिकोलाई ५–० ले ध्वस्त पा¥यो । अनि स्विट्जरल्यान्डलाई पनि पाखा लगाउँदै सेमिफाइनल पुगेका उनीहरूलाई ब्राजिलले किनारसम्म धकेल्न प्रयास गरेका थिए । तर, रोक्न भने असर्मथ भयो । पेनाल्टी सुटआउटमा पोर्चुगलको भाग्य चम्किएपछि ब्राजिललाई हराएर फाइनलमा अस्ट्रियासँग भेट पक्का ग¥यो ।

जहाँ संगठित, अथक, जिद्दी अस्ट्रियाले ३२औं मिनेटसम्म बलियो पकड बनायो । तर, त्यसलाई चिर्दै एनिसियो काब्रालले निर्णायक गोल गरे । जुन गोलको आवाज अब उप्रान्त पोर्चुगल फुटबल इतिहासमा सधैँ गुन्जिरहनेछ । त्यति मात्रै होइन, त्यो उनले प्रतियोगितामा गरेको सातौं गोल थियो । तर, पोर्चुगललाई विश्वकपको ताज पहिराउने त्यो गोल बाँकी ६ गोलभन्दा बढी महत्वपूर्ण बन्यो । पोर्चुगलको विजय उत्सव खालिफा स्टेडियमभित्र मात्र सिमित थिएन । उक्त खेल प्रसारण भएका स्क्रिनहरूले पोर्चुगलका घरहरू र क्याफेहरूलाई उज्यालो पा¥यो । त्यही उज्यालोबीच देशका महान् नायक क्रिस्टियानो रोनाल्डोले दिएको बधाई सन्देशपछि सम्पूर्ण पोर्चुगीजहरूको उल्लास दोब्बर बन्यो । वास्तवमा रोनाल्डोलाई आदर्श मानेर हुर्केका पुस्ताले अहिले त्यस्तो अध्याय लेखेको थियो जुन स्वयं रोनाल्डोसहितको पुस्तालेसमेत आफ्नो उमेरमा कोर्न सकेका थिएनन् ।

अबको लक्ष्य विश्वकप २०२६ को उपाधितिर

पोर्चुगलले लामो समयदेखि लुइस फिगो, रुई कोस्टा, क्रिस्टियानो रोनाल्डोजस्ता फुटबलका जादुगरहरू उत्पादन गर्दै आएको छ । तर, अहिले यू–१७ टोलीले तीमध्येका कसैले पनि नगरेको काम सम्भव पारेका छन् । उनीहरूले एक वर्षभित्रै यू–१७ को युरोकप र विश्वकप गरी दुई उपाधि जितेर नयाँ इतिहास रचेका छन् । अब उमेर समूहबाट माथि उठेर पोर्चुगलको यात्रा आगामी जुन–जुलाईमा हुने फिफा विश्वकपतिर हुनेछ । जहाँ देशको सर्वकालीन हिरो रोनाल्डोको कप्तानीमा फिफा विश्वकपको ट्रफी उचाल्नुतिर केन्द्रित हुनेछ । यो सपना साकार होस् भन्ने चाहना पोर्चुगिज फ्यानहरूको मात्रै नभएर विश्वभर छरिएर रहेका करोडौं रोनाल्डो समर्थकहरूको पनि हो । अब हेर्न यो बाँकी छ कि यस अभियानमा ४० वर्ष लागेका रोनाल्डोसहितको पोर्चुगिज टोलीलाई सघाउन ६ महिनाको अन्तरालमा दुई प्रतिष्ठित उपाधि जितेका कतिजना यू–१७ का किशोरहरू सिनियर टोलीमा अटाउलान त ! यसको लागि केही समय धैर्य गर्नुपर्ने नै हुन्छ र जवाफ पनि समयले नै दिनेछ ।

News of Nepal logo News of Nepal

जलेको सिंहदरबारलाई जेनजी सहिदहरूको जीवन्त स्मारक क्षेत्र घोषणा गरौं

न्युज अफ नेपाल 16 hours ago

आखिरमा सिंहदरबारलाई आफ्नो अस्तित्वको अन्तिम क्षणमा एक घुट्का पानी पिलाउने पनि कोही भएन र रातभर जलिरह्यो । कुरो २०८२ साल भाद्र २४ गते मङ्गलबारको हो । भाद्र २३ गतेको जेनजीको आन्दोलनको दोस्रो परिदृश्यमा नयाँ सांसद भवननिरको भीषण संघर्षमा १९ जना होनहार विद्यार्थीहरूको निर्मम हत्या र अति महत्वपूर्ण अमूर्त तथा मूर्त सांस्कृतिक सम्पदा, सरकारी तथा निजी भवनहरूको आगजनी भयो । यी सबै क्षतिहरूमध्ये पाटनका बुङ्द्यः (रातो मत्सेन्द्रनाथ) को पाङ्ग्राहरू, सिंहदरबार प्रधानमन्त्रीको कार्यालयस्थित भवन र पशुपतिनाथ मन्दिर परिसरस्थित प्रहरी चौकी पनि हृदय विदारक र ऐतिहासिक रूपमा विध्वंशकारी आगजनीमा नष्ट भयो ।

यी तीन परिदृश्यहरू आगजनी मात्र होइन नेपालको संस्कृति सम्पदामा आक्रमण थियो र नेपाल राष्ट्रको सर्वनाशको प्रयास थियो । विश्वका धेरैजसो आन्दोलनहरूको लक्ष्य सरकारको शासन प्रणाली र समाजको प्रवृत्तिमाथि हुन्थ्यो । तर, यस जेनजी आन्दोलनमा सांस्कृतिक सम्पदा, जनधन दुवैको विनाश भयो र राष्ट्रको सार्वभौमसत्तामाथि सांघातिक हमला भयो । यस घटनाले नेपालको सयौं वर्षको मेहेनतपछि स्थापना भएको संस्थागत संरचना, शासन प्रणाली र प्रत्येक नेपालीको मुटुमा गहिरो चोट पनि हो । बुङ्गद्योका पाङ्ग्राहरूको पुनःर्निमाण १६ सय वर्षको प्राचीन परम्पराले संरक्षित छन् र जात्रा पर्व सञ्चालनमा ललितपुरका जनताले केही कमी आउन दिने छैन ।

यस आगजनीमा सिंहदरबारले के गुमायो त्यसको चर्चा गरौं । वि.सं.२०३० सालको आगलागीमा दरबारको धेरैजसो मौलिक भागहरू जलिसकेको थियो । सिंहदरबारको राष्ट्रिय अभिलेखालयमा संरक्षित दस्तावेजहरूमध्ये मल्लकुलका दस्तावेजहरू करण्य विरोग, स्कन्द पुराण, सद्धर्म कुन्दलीका, न्यायविकासिनी, पौराणिक चित्रकलाहरू, लालमोहरहरू र अन्य महत्वपूर्ण पत्रहरू पनि थिए । ती ग्रन्थ मध्ये ९औं शताब्दीमा हस्तलिखित शैवधर्मको ‘श्वाश्वतत्व संहिता” जुन हालसम्म एक मात्र नेपालको सम्पदा युनेस्कोको सम्पदा स्मृति गृह (युनेस्को मेमोरी अफ हेरिटेज) मा सूचीकृत थियो । यी श्रीसम्पति मध्ये कतिपय सांस्कृतिक सामग्रीहरू छाउनी संग्रहालयमा सुरक्षित छन् । यस आगजनीका साथ बेलायती बैठकको भव्यता, केही अमूल्य र दुर्लभ भित्तेचित्रहरू र कलात्मक छतहरू संरक्षण हुन सकेन ।

त्यो आगजनीको खरानी सेलाउन नपाउँदै कैयौं विचार र योजनाहरूमध्ये ‘पुनर्निर्माण वा जिर्णाेद्धार’ को विषय उठेको देखिन्छ र यस परिसरलाई राष्ट्रको प्रमुख प्रशासनिक केन्द्रको रूपमा स्थापित हुनुपर्छ भनी आशय पनि व्यक्त भएको पाइन्छ । यो परिसर ११७ वर्षको इतिहास बोकेको भौतिक सम्पदा भएको कारण सम्भव भएसम्म ‘जस्ताको तस्तै’ अवस्थामा संरक्षण गर्नको लागि ‘जिर्णाेद्धार’ गर्न उपयुक्त हुने अभिव्यक्ति व्याप्त छ । यस आन्दोलनसँगै नेपालले नयाँ युगमा प्रवेश गरेको छ । अब ‘नयाँ युगमा नयाँ अवधारणा’ बोकेर चुस्तदुरुस्त प्रशासन केन्द्रको रूपमा आधुनिक नयाँ भवनबाट नयाँ उमङ्गका साथ सेवा प्रवाह गर्नु पर्दछ ।

एक अवधारणाअनुसार राष्ट्रको प्रमुख प्रशासनिक केन्द्रले अब यस भग्नावशेषबाट अवकाश पाउनुपर्छ । यस राष्ट्रविरुद्ध अपराधजन्य आगजनी भएको ठाउँमा प्रशासन केन्द्र बनाएर गलत मानसिकता बोकेर सिर्जनात्मक कार्य कसरी गर्न सक्ला ? यस ठाउँको नकारात्मक ऊर्जाले कहिले पनि छोड्ने छैन । यस संरचनाको कसरी प्रयोग गर्ने र स्थायी सबलीकरणको व्यवस्थाको लागि विस्तृत अध्ययन अनुसन्धान र छलफल गर्नु आवश्यक देखिन्छ । यो विषय अति जटिल र संवेदनशील भएको कारण धेरै हतारमा निर्णय गर्ने र फुर्सदमा पछुताउने काम गर्न आवश्यक छैन । नयाँ सोचअनुसार नयाँ विकल्प खोज्नु उत्तम हुने देखिन्छ ।

हालको नेपालको मौलिक चाडपर्व दशैं र तिहारको माहौलमा जेनजीको आन्दोलनबाट उत्पन्न पीडादायी परिवेशमा हामीले हाम्रा सनातन संस्कृतिबाट के सिक्यौं र राष्ट्र निर्माणमा के उपयोग ग¥यौं समीक्षा गर्नुपर्ने बेला पनि आएको जस्तो लाग्छ । हामीले हरेक दिन पाठ गर्ने श्लोकहरूमा प्रष्ट गरिएको छ ‘बल विद्या बुद्धि देऊ (मोही हरेहु क्लेश बिकार’) अर्थात् हरेक काम गर्दा ‘बल विद्या बुद्धिको प्रयोग गरौं र बाधा अड्चन हटाउने प्रयास गरौं ।’

हाम्रो सनातन संस्कृतिमा पृथ्वीमण्डललाई पञ्च महाभूत तत्व (पृथ्वी, जल, वायु, आकाश र अग्नि) मा विभाजित गरिएको छ । यी पञ्च महाभूत तत्वले सौम्य तथा उग्ररूप पनि देखेका छौं । बाढीपहिरो, आगजनी र भूकम्पले भएको विनाशको अनुभव प्रशस्त छ । यी पञ्च महाभूत तत्वको सौम्य रूपले हर्ष उल्लास र चाडपर्वको माहोल सिर्जना गर्दछ । दशैंको पर्वमा अग्निको प्रयोग ‘मोहनी टीका’ बनाउन र तिहारमा दीपमाला र लक्ष्मीपूजाको सबैभन्दा अँध्यारो रातलाई उज्यालो बनाउन उपयोग हुन्छ । यी पञ्च महाभूत तत्वका उग्ररूपले विनाश ल्याउँछ । कतै हाम्रो आधुनिक शिक्षामा हाम्रा सनातन संस्कृतिको शिक्षाको कमी भयो कि भन्ने प्रश्न चिन्ह खडा भएको छ । अब कुनै पनि आन्दोलनको क्रममा भौतिक तथा अभौतिक संस्कृति तथा सम्पतिमा विध्वंसकारी कार्य हुनु हुँदैन ।

‘डिस्ट्रक्सन अफ हेरिटेज एसेस्ट्स, नो मोर अगेन’ भन्नैपर्छ र जेनजी आन्दोलनको अभूतपूर्व महत्वलाई ध्यानमा राखी यस स्थानमा ‘जेनजी आन्दोलनकारीहरूको सम्मान र सहिदहरूको जीवन्त स्मारक क्षेत्र’ स्थापना गर्नु आवश्यक देखिएकाले यो प्रस्ताव पेश गरिएको छ । यस प्रस्तावको औचित्यका केही बुँदाहरू यस प्रकार छन् :

१. जेनजेड आन्दोलन नेपालको लागि युगान्तकारी भएको तथा ‘आन्दोलनकारीहरूले नेपालीहरूको मनोभावलाई समेत्न सफलताको लागि सम्मान र सहिदहरू प्रति श्रद्धाञ्जलीको जीवन्त स्मारक क्षेत्र’ को रूपमा स्थापनाको लागि प्राथमिकता दिनुपर्छ । जेनजी आन्दोलनका सहिदहरूको त्यागको उचित सम्मान व्यक्त गर्न योभन्दा उपयुक्त र महत्वपूर्ण अन्य कुनै स्थान हुनै सक्दैैन ।

२. आगजनी पछिको यो अवशेष आफैमा अद्वितीय जीवन्त सम्पदा स्मारक भएको कारण (जस्तै हिरोसिमाको आणविक विष्फोटको कारण छाँयामा परिवर्तित मानवको अद्वितीय स्मारक, हिरोसिमाको भग्नावशेष भवन, मिन्स्क सहरको भत्किएका ईटाको पर्खाल, चित्रलाई ‘जस्ताको तस्त’ै अवस्थामा संरक्षण गर्नु आवश्यक देखिन्छ । यसले जेनजी आन्दोलनको परिवेशमा दनदन बलेको आगोको झझल्कोको सदैव महसुस हुनेछ ।

३. यस्तो अद्वितीय जीवन्त सम्पदा स्मारक भत्काएपछि फेरि यस्तो बनाउन सकिंदैन । त्यसैले ‘जस्ताको तस्त’ै स्थानमा संरक्षण गर्नु पर्दछ ।

४. सिंहदरबार आफैं दक्षिण एसियाको एक अमूल्य इतिहास र वास्तुकलाको नमुना हो । यो संरचना मात्र इँटा र पर्खाल होइन नव परम्परागत वास्तुकलाको उदाहरणीय संरचना थियो । नेपालको शक्ति, सम्भ्रान्त समाजको वैभव र ११७ वर्षको इतिहासको स्मारक पनि हो । आगलागीले महत्वपूर्ण कागजातहरू, तथ्यहरू, स्मृतिका पानाहरू र पनि विलिन भयो ।

५. यस भग्नावशेषलाई भत्काएर मौलिक शैलीमा पुनर्निर्माण गर्ने संरचना नयाँ नै हुनेछ र ११७ वर्षको इतिहासको मान्यता बोक्न सक्दैन ।

६. २०८२ जेनजी सहिदहरूको जीवन्त स्मारकक्षेत्रको रूपमा विकसित गर्दा यस आन्दोलनको सम्पूर्ण इतिहास जीवन्त स्थापित गर्न सकिने छ र साथै सिंहदरबारको आजसम्म नलेखिएको इतिहास र आधुनिक प्रजातन्त्रको सबल र दुर्बल पक्षलाई पनि उजागर गर्न सकिनेछ ।

७. काठमाडौं आउने प्रत्येक स्वदेशी वा विदेशीलाई अनिवार्य गन्तव्य हुनेछ साथै काठमाडौंवासीलाई पनि उत्तिकै महत्वपूर्ण यात्रा स्थल हुनेछ ।

८. अन्तरिम सरकारका सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीका प्रतिबद्धता ‘जेनजेड आन्दोलनका सहिदहरूको बलिदानी खेर जान दिन्नँ’ भन्ने अभिव्यक्तिको उचित कदर पनि हुनेछ ।

९. सिंहदरबारको भव्य भवन निर्माणमा ललितपुर, भक्तपुर, कीर्तिपुर र कान्तिपुरका हजारौं श्रमजीवीहरूका पुर्खाहरूका रगत र पसिनाको मेहनतले निर्माण गरिएको एक ज्वलन्त स्मारक थियो । हाम्रा सनातन शास्त्रहरूका अनुसार विद्वान्हरूले सर्वनाशको अवस्थामा बाँकी भएको भग्नावशेषलाई मात्र भए पनि संरक्षण गरी इतिहास र सम्पदाको गरिमाको रक्षा गर्नुपर्छ भन्छन् । ‘सर्वनाशे समुत्पन्ने अर्धं त्यजति पण्डितः । अर्धेन कुरुते कार्यं सर्वनाशो त जायते ।। – श्रीविष्णुशर्मन् पञ्चतन्त्र, इशापूर्व १२००’ । यस सिंहदरबारको भग्नावशेषको संरक्षणले हाम्रा पुर्खा श्रमजीवीहरूको रगत र पसिनाको सम्मानको स्मारक बन्ने छ । यी भग्नावशेष स्मारक सर्जक पुर्खाहरूका सयौं परिवारजनहरू जो आज पनि मौजुद छन् र आफ्ना पूर्वजहरूप्रति सम्मान व्यक्त गर्ने अविस्मरणीय स्थल हुने छ ।

११. सिंहदरबार तथा बुङ्गद्योका पाङ्ग्राहरूकोे आगजनी गर्ने विध्वंसकारीहरूको लागि कालान्तरसम्म प्रायश्चित गर्ने स्थल हुनेछ ।
आगजनीले भष्म भएको सिंहदरबारलाई जेनजीको आन्दोलन तथा नेपालको ऐतिहासिक संग्रहालय बनाउन सकिएमा भावी सन्तति तथा विश्वको लागि एक अद्वितीय उपहार हुनेछ । यो स्मारक स्थल काठमाडौं आउने सबै स्वदेशी वा विदेशीहरूलाई अनिवार्य गन्तव्य स्थान हुने छ । यस्तो अद्वितीय अवसर नेपालले कदापि गुमाउनु हुन्न ।

Explore by Source or Category