npl.977 Nepal News Stream

#GEN Z

Contents
News of Nepal logo News of Nepal

असल नियतले निम्त्याउने खराब परिणाम, “कोब्रा इफेक्ट”

न्युज अफ नेपाल 14 hours ago

के तपाईंले कहिल्यै कुनै बल्झिएको गाँठो फुकाउन खोज्दा त्यो झन् कसिँदै गएको अनुभव गर्नुभएको छ ? अर्थशास्त्र र नीतिशास्त्रको रोचक संसारमा यस्तो अनौठो र उल्टो नतिजा दिने घटनालाई ‘कोब्रा इफेक्ट’ अर्थात्् ‘गोमन सर्प प्रभाव’ भनिन्छ । यो एउटा यस्तो मनोवैज्ञानिक र प्रणालीगत धराप हो, जहाँ असल नियतले ल्याइएको समाधानले समस्यालाई समाधान गर्नुको सट्टा झन् भयावह र विनाशकारी बनाइदिन्छ । विशेषगरी जब हामी कुनै जटिल समस्यालाई एउटा सीधा रेखा जस्तो सरल ठान्ने गल्ती गर्छौं, तब हामी अन्जानमै कोब्रा प्रभावको पासोमा परिसकेका हुन्छौँ ।

हाम्रो मस्तिष्कले सामान्यतया कारण र परिणामलाई एउटा सीधा बाटोमा हेर्ने प्रयास गर्छ । तर, वास्तविक संसार ‘डोमिनो’ जस्तै सीधा रेखामा मात्र चल्दैन । यो त परस्पर जोडिएका शक्तिहरूको एउटा जटिल जालो हो । यहाँ ‘फिडब्याक लुप्स’ अर्थात्् प्रतिक्रिया चक्रहरू यसरी घुम्छन् कि हाम्रा निर्णयहरू अप्रत्याशित रूपमा मोडिएर बुमेराङ झैं हामीतिरै फर्कन सक्छन् । जब हामी मानवीय व्यवहार र स्वार्थको गहिराइ ननापी कुनै नियम लाद्छौँ, तब प्रणालीले आफ्नै तरिकाले प्रतिक्रिया जनाउन थाल्छ ।

यस अवधारणाको नाम ‘कोब्रा इफेक्ट’ रहनु पछाडि ब्रिटिश औपनिवेशिक कालीन भारतको एउटा निकै रोचक तर पाठ सिक्न लायक घटना छ । तत्कालीन दिल्लीमा विषालु कोब्रा सर्पहरूको संख्या ह्वात्तै बढेपछि अंग्रेजहरू बस्ने आलिशान महल तथा घरमा “कोब्रा” अर्थात्् गोमन सर्पहरूको बिगबिगी बढेपछि चिन्तित बनेको ब्रिटिश सरकारले मरेका हरेक कोब्राको टाउको बुझाए बापत नगद इनाम दिने एउटा तार्किक देखिने उपाय निकालेको थियो । सुरुमा त योजना सफल देखिए झैं भयो । कोब्राको बिगबिगी कम हँुदै गयो । सरकारले पनि पुरस्कार पनि बाँड्यो । तर, पर्दा पछाडि अर्कै योजनाले मलजल पाउन थाल्यो ।

मानिसहरूले पैसा कमाउने नयाँ ‘व्यवसाय’ सुरु गरिसकेका थिए । उनीहरूले घरमै कोब्रा पाल्न र प्रजनन गराउन थाले । जब सरकारले यो छल थाहा पाएर इनाम बन्द ग¥यो, तब ती पालिएका सर्पहरूलाई मानिसले जंगलमा छोडिदिए । नतिजास्वरूप, दिल्लीमा कोब्राको संख्या पहिलेभन्दा कैयौँ गुणा बढी भयो ।

त्यस्तै नियति भियतनामको हनोईले पनि भोग्नुप¥यो । जहाँ मुसा नियन्त्रण गर्न ‘पुच्छर बापत पैसा’ दिने नीति ल्याइएको थियो । केही समयमै सरकारी अधिकारीहरूले सडकमा पुच्छर नभएका मुसाहरू दौडिरहेको देखे । मानिसहरूले मुसालाई मारेर सखाप पार्नुको सट्टा ‘आम्दानीको स्रोत’ बचाउन पुच्छर मात्र काटेर फेरि प्रजननका लागि छोडिदिन्थे । त्यस्तै, मेक्सिको सिटीले प्रदूषण घटाउन लाइसेन्स प्लेटको आधारमा सवारी साधन चलाउन प्रतिबन्ध लगाउँदा मानिसहरूले फरक प्लेट भएका थप पुराना र सस्तो गाडीहरू किने । जसले गर्दा ट्राफिक र प्रदूषण झन् बढ्यो । त्यस्तै, सन् २००५ मा हानिकारक हरितगृह ग्यास नष्ट गरेबापत दिइने उच्च इनामका कारण केही कम्पनीहरूले इनाम हत्याउनकै लागि थप ग्यास उत्पादन गरेर फेरि नष्ट गर्ने नाटक गरे । यी सबै घटनाले के पुष्टि गर्छन् भने मानिसहरू नियममा मात्र होइन, त्यो नियमभित्र लुकेको ‘अवसर’ र ‘प्रोत्साहन’ मा प्रतिक्रिया जनाउँछन् ।

त्यसोभए, के हामी यस्तो आत्मघाती चक्रबाट बच्न सक्छौँ ? यसका लागि हामीले संसारलाई सीधा रेखा होइन, एउटा गतिशील प्रणालीको रूपमा बुझ्न जरुरी छ । एउटा मात्र उपायमा केन्द्रित हुनुको सट्टा समग्र चित्र हेर्न जरुरी छ । हामीले ‘सेकेन्ड लेभल थिन्किंग’ अर्थात् धेरै कोणबाट सोच्नुपर्छ । यसको अर्थ “अहिले के हुन्छ ?” भन्ने मात्र होइन, “त्यसपछि के हुन सक्छ ?” र “मानिसहरूले यसमा कसरी दाउपेच खेल्न सक्छन् ?” भनेर गहिरो विश्लेषण गर्नुपर्छ । कोब्रा प्रभाव केवल इतिहासको एउटा घटना मात्र होइन, यो हाम्रो दैनिक जीवनका लागि एउटा ऐना पनि हो । कहिलेकाहीँ समस्याको सबैभन्दा सजिलो र स्पष्ट देखिने समाधान नै सबैभन्दा घातक हुनसक्छ । त्यसैले, अर्कोपटक कुनै जटिल समस्या सुल्झाउन हतारिनुअघि दिल्लीका ती कोब्राहरूलाई सम्झनुहोस् । याद राख्नुहोस्, दुई बिन्दुबीचको सबैभन्दा छोटो दूरीले कहिलेकाहीँ तपाईंलाई गन्तव्यमा होइन, झन् ठूलो खाडलमा पु¥याउन सक्छ ।

News of Nepal logo News of Nepal

पाकिस्तान बाहिरिएपनि फरहानले रेकर्ड राखे

न्युज अफ नेपाल 15 hours ago

जारी आईसीसी मेन्स टी २० वल्र्ड कपमा पाकिस्तान सु्पर एटबाटै बाहिरिएपनि टोलीका ओपनर साहिबजादा फरहानले भने रेकर्ड राखेका छन् । उनले विराट कोहलीले एउटै प्रतियोगितामा राखेको रेकर्ड तोडेका हुन् ।

भारतीय क्रिकेटर विराटले २०१४ को टी २० विश्वकपमा ३१९ रन बनाएका थिए । फरहानले जारी टी २० विश्वकपमा ३८३ रन बटुलेर विराटको १२ वर्षसम्म जोगिएको रेकर्ड ओझेलमा पारे ।

फरहान एउटै टी २० विश्वकपमा दुई शतक प्रहार गर्ने पहिलो ब्याटरसमेत बनेका छन् । यसअघि दुई विभिन्न टी २० विश्वकपमा गरी क्रिस गेलले दुई वटा शतक प्रहार गरेका थिए । वेस्ट इन्डिजका खेलाडी गेलले २००७ र २०१६ का टी २० विश्वकपमा शतक प्रहार गरेका थिए ।

टी २० विश्वकपमा सर्वाधिक रन बनाउने ५ ब्याटर

३९३ रन (२०२६) साहिबजादा फरहान (पाकिस्तान)

३१९ रन (२०१४) विराट कोहली (भारत)

३१७ रन (२००९) तिलकरत्ने दिलशान (श्रीलंका)

३०३ रन (२०२१) बाबर आजम (पाकिस्तान)

३०२ रन २०१०) माहेला जयवद्र्धने (श्रीलंका)

यी दुई खेलाडीको संभावना छ

एडिन मार्करम (दक्षिण अफ्रिका) हालसम्म २६८ रन बनाइसकेको

–दक्षिण अफ्रिकाका कप्तान मार्करमले बुधबार हुने सेमिफाइनल खेलमा न्युजिल्यान्डविरुद्ध ४० रन मात्रै कटाएपनि ३ सय रन पार हुनेछ । समूह चरणमा न्युजिल्यान्डविरुद्ध नटआउट हुँदैं ८६ रन बनाएकोले पनि मार्करमले ३ सय रन पार गर्न सक्ने संभावना छ ।

हेरी ब्रुक (इंग्ल्यान्ड) हालसम्म २२८ रन बनाइसकेको

–इंग्ल्यान्डका कप्तान ब्रुकले सुपर एटमा पाकिस्तानविरुद्ध शतक प्रहार गरेका थिए । उनको यो शतकीय योगदानले पाकिस्तानलाई हरायो पनि । यदि, यही प्रदर्शन सेमिफाइनलमा भारतविरुद्ध भएमा उनले पनि एकै विश्वकप प्रतियोगितामा ३ सय रन पार गर्न सक्ने संभावना छ ।

Explore by Source or Category