npl.977 Nepal News Stream

#3himalayanlife

Insurance Khabar logo Insurance Khabar

सुरुङ्गामा हिमालयन लाइफको फ्राइडे टक कार्यक्रम सम्पन्न

नानु खड्का (निर्जला) 20 hours ago

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको प्रशिक्षणमुलक कार्यक्रम फ्राइडे टक सम्पन्न भएको छ । कार्यक्रम शुक्रबार झापाको सुरुङ्गामा सम्पन्न भएको हो ।

कार्यक्रममा कसरी उत्कृष्ट सेवा प्रवाह गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिइएको थियो । कार्यक्रममा कम्पनीका कोशी प्रदेश प्रमुख रामबहादुर शाहीले सहजीकरण गरेका थिए ।

उनले उत्कृष्ट सहजकर्ता बन्न विमितलाई उत्कृष्ट सेवा प्रवाह गर्नु पर्ने बताए । लक्ष्य निर्धारण, क्षमता पहिचान जस्ता सूचकलाई ध्यान दिनु पर्नेमा प्रदेशप्रमुख शाहीले जोड दिए ।

कार्यक्रममा सिनियर एजेन्सी म्यानेजर तथा एमडीआरटी खिवराज दाहालले विमितको आवश्यकता र चाहना अनुसारको योजना दिन सक्नु पर्ने बताए ।
कार्यक्रममा चालू आवमा प्रत्येक महिना उत्कृष्ट व्यवसाय गर्ने एजेन्सी म्यानेजरहरु दिलीप गौतम, छुनु राई लगायतलाई सम्मान गरिएको थियो ।

दमक शाखा प्रमुख चन्द्रकला घिमिरेको संयोजकत्वमा सम्पन्न कार्यक्रम सिनियर एजेन्सी म्यानेजर सागर रिजालले सञ्चालन गरेका थिए ।

Explore by Source or Category