npl.977 Nepal News Stream

#संस्कृति / सम्पदा

Contents
Kendrabindu logo Kendrabindu

काठमाडौंको बसन्तपुर लगायतका स्थानमा होलीको रौनक [फोटो फिचर]

इन्द्र कमल रोक्का 21 hours ago

काठमाडौं। आज रङ्गहरुको पर्व फागुपूर्णिमा अर्थात होली पर्व हर्षोल्लासका साथ मनाईँदै छ। काठमाडौँको बसन्तपुर लगायत देशका विभिन्न ठाउँहरुमा रङ खेलेर होली मनाउँदै स्थानियहरु ।

Kendrabindu logo Kendrabindu

भोजपुरको भुल्केमा जलाधार क्षेत्र संरक्षण अभियान सुरु

इन्द्र कमल रोक्का 23 hours ago

भोजपुर। मानवीय क्रियाकलाप र जलवायु परिवर्तनका असरका कारण सुक्दै गएका प्राकृतिक मुहान जोगाउन भोजपुरको रामप्रसादराई गाउँपालिकाले जलाधार क्षेत्र संरक्षण अभियान अघि बढाएको छ।

गाउँपालिका–३ स्थित भुल्के क्षेत्रमा नेपाल जलवायु अनुकूलन कार्यक्रमअन्तर्गत मुहान संरक्षण तथा आवश्यक संरचना निर्माण गरिएको छ। रु २५ लाख बजेटबाट पाँचधारे र तीनधारे मुहानको संरक्षण, घेराबारा, रिचार्ज पोखरी निर्माण, करिब दुई सय मिटर सिँचाइ कुलो, विश्रामस्थल तथा शौचालय निर्माण जस्ता काम सम्पन्न भएका छन्। संरक्षण गरिएका मुहान हाल खानेपानी र सिँचाइ दुवै प्रयोजनका लागि प्रयोग भइरहेका छन्।

वडाध्यक्ष रामु थापामगरले भने, “प्राकृतिक प्रकोप र बढ्दो मानवीय गतिविधिका कारण धेरै मुहान सुक्दै गएका छन्। त्यसैले दीर्घकालीन रूपमा पानीको स्रोत जोगाउन यो कार्यक्रम सञ्चालन गरेका हौँ। रिचार्ज पोखरीले भविष्यमासमेत मुहान सुक्न नदिन सहयोग पु¥याएको छ।”

स्थानीय प्रकाश बानियाँले भने, “अहिले संरक्षणपछि खानेपानी सहज भएको छ। रिचार्ज पोखरी निर्माणले पानीको मात्रा स्थिर राख्न सहयोग गरेको छ।”

गाउँपालिका अध्यक्ष थामबहादुर राईले जलवायु परिवर्तनका कारण विश्वव्यापी रूपमा जलस्रोतमा नकारात्मक असर देखिएको उल्लेख गर्दै जलाधार संरक्षणलाई प्राथमिकतामा राखिएको जानकारी दिए। उनले भने, “सडक विस्तार र अन्य मानवीय गतिविधिका कारण मुहान सुक्ने जोखिम बढेकाले गाउँपालिका सचेत छ। नेपाल जलवायु अनुकूलन कार्यक्रममार्फत प्राप्त बजेट वातावरण संरक्षण र दिगो विकासमा खर्च गरिएको छ।”

भुल्के क्षेत्रमा गरिएको संरक्षण कार्यले स्थानीय बासिन्दाको दैनिकी सहज बनाउनुका साथै दीर्घकालीन रूपमा वातावरणीय सन्तुलन कायम गर्न महत्वपूर्ण योगदान पु-याउने गाउँपालिकाले जनाएको छ।

Kendrabindu logo Kendrabindu

होलीले समाजका विकृति, विसङ्गति र कुरीतिको अन्त्य गर्छः मुख्यमन्त्री पाण्डे

इन्द्र कमल रोक्का 23 hours ago

गण्डकी। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फागुपूर्णिमा (होली) पर्वले समाजका विकृति, विसङ्गति र कुरीतिको अन्त्य गर्ने विश्वास व्यक्त गरेका छन्।

फागुपूर्णिमाको अवसरमा जारी सन्देशमा उनले पर्वले सबैमा प्रेम, सद्भाव, आपसी एकता र लोकतान्त्रिक मूल्य–मान्यताको सम्मानको सन्देश प्रवाह गर्ने कामना गरिएको उल्लेख गरेका छन्।

असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजयको खुसियालीमा हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाका दिन पहाडी तथा हिमाली जिल्लामा र भोलिपल्ट तराईका जिल्लामा रङ्गहरूको उत्सवका रूपमा होली हर्षोल्लासपूर्वक मनाइन्छ।

पर्वको परम्परा अनुसार प्रेमभाव र आत्मियतासाथ आफन्तजन र साथीहरूसँग अबिर तथा रङ्ग खेलेर रमाइलो गर्ने चलन सामाजिक एकता र सद्भावलाई अझ मजबुत बनाउँछ।

मुख्यमन्त्री पाण्डेले भने, “होलीमा प्रयोग हुने थरिथरिका रङ्ग जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपमा विविध छ। यही विविधताबीचको एकताले हाम्रो राष्ट्रिय पहिचान बलियो बनाएको छ। पर्वले भाइचारा, सहिष्णुता, एकता र बन्धुत्व सुदृढ बनाउन प्रेरणा प्रदान गरोस्।”

गण्डकी प्रदेश बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले सुन्दर रहेको उल्लेख गर्दै उनले सबै जाति, भाषा, पेशा, धर्म, समुदाय र संस्कृतिको पहिचान, अपनत्व र अधिकार सुनिश्चित गर्दै ‘आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशवासी’को सङ्कल्प कार्यान्वयन गर्न सबैको साझा प्रतिबद्धता आवश्यक रहेको बताए।

यस वर्षको होलीको सङ्घारमा प्रतिनिधिसभा निर्वाचन हुँदैछ। सन्देशमा निर्वाचन केवल प्रतिनिधि चयनको प्रक्रिया मात्र नभई लोकतन्त्रप्रतिको प्रतिबद्धताको पुनः पुष्टि गर्ने अवसर भएको उल्लेख गरिएको छ।

मुख्यमन्त्रीले सम्पूर्ण मतदातालाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा मताधिकार प्रयोग गर्न अपिल गर्दै भने कि हाम्रो एक मतले स्थिरता, विकास र समृद्धिको मार्ग तय गर्न महत्वपूर्ण योगदान दिन सक्छ।

Explore by Source or Category