npl.977 Nepal News Stream

#विवेकशील साझा पार्टी

Saral patrika logo Saral patrika

एक भए रास्वपा र विवेकशील पार्टी

Saral Patrika 15 hours ago

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच औपचारिक रूपमा पार्टी एकता घोषणा भएको छ। यो एकतासँगै अब विवेकशील साझा पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीमा समाहित भएको छ।

आइतबार काठमाडौँमा आयोजित एक विशेष समारोहका बीच दुई दलले एकीकरणको घोषणा गरेका हुन्। सो अवसरमा एकतासम्बन्धी सहमतिपत्रमा हस्ताक्षर समेत सम्पन्न भएको छ।

सहमतिपत्रमा रास्वपाका तर्फबाट कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्याल र विवेकशील साझा पार्टीका तर्फबाट अध्यक्ष समीक्षा बास्कोटाले हस्ताक्षर गरेका छन्।

विवेकशील अभियानको सुरुवात वि.सं. २०६९ सालमा उज्ज्वल थापाको नेतृत्वमा भएको थियो। वि.सं. २०७० मा ‘विवेकशील नेपाली दल’ गठन भई चुनावी प्रतिस्पर्धामा गएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने वि.सं. २०७९ असार ७ गते स्थापना भएको हो।

Explore by Source or Category