npl.977 Nepal News Stream

#मृत्यु

Contents
Himal Press logo Himal Press

हुम्लाको अदानचुलीमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

Ramesh Dawadi 12 hours ago

हुम्ला- ट्रयाक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। हुम्लाको दक्षिणी भेगमा पर्ने अदानचुली गाउँपालिका-२ स्थित ठूला खोला भन्ने ठाउँमा भे२त २०५५ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा सुम्ला घर भएका अन्दाजी ३० वर्षीय नगेस रावलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक शंकर खड्काले जानकारी दिए।

उनका अनुसार बिहीबार साँझ साढे ५ बजेको समयमा गल्फागाड श्रीनगर सडकखण्डका लागि ढुंगा ओसार्ने क्रममा ठूलाखोलामा सडकबाट करिब एक सय मिटर तल ट्रयाक्टर खसेर दुर्घटना भएको हो। घटनाको वास्तविक कारण भने अनुसन्धान भइरहेको उनले बताए।

कर्णाली करिडोरको गल्फागाडबाट श्रीनगरसम्म करिब ९ किलोमिटर सडक कालोपत्र गर्ने काम भइरहेको छ। उक्त सडक निर्माणको लागि ढुंगा ओसारिरहेको ट्रयाक्टर दुर्घटनामा परेको हो।

Himal Press logo Himal Press

देवचुलीमा स्कारपियोको ठक्करबाट घाइते महिलाको मृत्यु

Ramesh Dawadi 12 hours ago

नवलपरासी- नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुलीमा सवारी दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ।

बिहीबार साँझ देवचुली नगरपालिका-१४ देवचुली चोकस्थित पूर्वपश्चिम राजमार्गमा स्कारपियोको ठक्करबाट गम्भीर घाइते स्थानीय ४२ वर्षीया जया आर्यालको उपचारका क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार कावासोतीबाट दलदलेतर्फ आइरहेको बा१६च ४७४० नम्बरको स्कारपियोले ठक्कर दिँदा अर्याल गम्भीर घाइते भएकी थिइन्।

उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएकामा उनलाई चिकित्सकले मृत घोषित गरेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए।

दुर्घटनामा संलग्न स्कारपियो र चालक खोजतलासका क्रममा गैँडाकोट क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

Himal Press logo Himal Press

दाङमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

Keshav Rana Chhetri 22 hours ago

घोराही (दाङ)- दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

लमहीबाट रिहार जाँदै गरेको लु २ ख १०९८ नम्बरको बस र रिहारदेखी लमहीतर्फ आउँदै गरेको लु ३९ प ८९६१ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा लमही नगरपालिका–५ कोलहीका ३३ वर्षीय विशाल चौधरी मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

बसमा सवार राप्ती गाउँपालिका–४ की मिना ठकुरी, शिला परियार  र मोटरसाइकलमा सवार लमही–५ कोलहीका अशोक चौधरी तथा बस मालिक सुशील वली घाइते भएका छन्। बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Explore by Source or Category