npl.977 Nepal News Stream

#भूकम्प

Contents
Himal Press logo Himal Press

बझाङमा ४.४ रेक्टरस्केलको भूकम्प

Ramesh Dawadi 16 hours ago

बाजुरा- आज मध्यान्ह १२ बजेर ९ मिनेट जाँदा बझाङको सैपाल आसपास केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस गरिएको छ।

छिमेकी जिल्ला बझागको सैपाल हिमालमा केन्द्रविन्दु बनाएर चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।

सैपाल हिमालमा केन्द्रविन्दु बनाएर गएको भूकम्पले बाजुरामा पनि धक्का दिएको छ। पश्चिमी क्षेत्रमा भूकम्प आउन थालेपछि स्थानीय त्रसित बनेका छन्।

भूकम्पीय जोखिममा रहेको सुदूरपश्चिम प्रदेशको बाजुरा, बझाङसहित आसपासका स्थानीय त्रसित भएका छन्।

भूकम्पको धक्का महसुस गरिएपछि सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बाजुराले सबैमा आग्रह गरेको छ।

विपद् कुनै बाजा बजाएर नआउने भएकाले भूकम्पसहितका प्राकृतिक विपद्बाट जोगिन सजग र सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको हो।

Saral patrika logo Saral patrika

बझाङमा भूकम्पको धक्का

Saral Patrika 17 hours ago

काठमाडौँ। बझाङ केन्द्रबिन्दु भएर आइतबार भूकम्प गएको छ। साइपाल केन्द्रबिन्दु भएर मध्याह्न १२ बजेर ९ मिनेटमा ४.४ म्याग्निच्युडको भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस भएको जनाएको छ।

Explore by Source or Category