npl.977 Nepal News Stream

#बैंक/वित्त

Contents
News of Nepal logo News of Nepal

कालिका लघुवित्तको सोह्रौँ वार्षिक साधारण सभा सम्पन्न

न्युज अफ नेपाल 13 hours ago

काठमााडौँ
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको सोह्रौँ वार्षिक साधारणसभा बुधबार पोखरामा सम्पन्न भएको छ । सभाले संस्थाका अध्यक्ष चन्द्रबहादुर क्षेत्रीद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ ।

सभामा सञ्चालक समितिले प्रस्ताव गरेको वित्तीय संस्थाको आ.व.२०८१÷०८२ सम्मको सञ्चित मुनाफावाट १० प्रतिशत बोनश शेयर तथा ०.५२६३ प्रतिशत नगद लाभांश (वोनश शेयरमा लाग्ने कर) वितरण गर्ने प्रस्ताव पारित भएको छ । बोनस शेयर जारी पश्चात वित्तीय संस्थाको चुक्ता पूँजी ४४,८४,६१,५३५.२४ (अक्षरेपी चवालिस करोड चौरासी लाख एकसट्ठी हजार पाँच सय पैँतिस रुपियाँ चौबिस पैसा मात्र) हुने बताइएको छ ।

वित्तीय संस्थाको हाल कायम कुल पूँजी संरचनामा संस्थापक समूहको शेयर स्वामित्व ६४.५२ प्रतिशत र सर्वसाधारण समूहको शेयर स्वामित्व ३५.४८ रहेकोमा संस्थापक समूहको शेयर स्वामित्व ५४.५२ प्रतिशत र सर्वसाधारण समूहको शेयर स्वामित्व ४५.४८ प्रतिशत कायम रहने गरी संस्थापक समूहको शेयर स्वामित्वबाट १० प्रतिशत शेयर सर्वसाधारण समूहको शेयरमा परिणत गर्ने प्रस्तावपारित भएको छ ।

वित्तीय संस्थाले एक वा एक भन्दा बढी उपयुक्त वित्तीय संस्थाहरु गाभ्ने÷गाभिने वा प्राप्ति गर्ने÷प्राप्ति हुन जाने प्रयोजनका लागि उपयुक्त वित्तीय संस्था पहिचान गर्ने, समझदारीपत्रमा हस्ताक्षर गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको जनाइएको छ ।

News of Nepal logo News of Nepal

सेन्ट्रल फाइनान्सको २९औं साधारण सभा सम्पन्न

न्युज अफ नेपाल 14 hours ago

काठमाडौँ

सेन्ट्रल फाइनान्स लिमिटेडको २९औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त यस वित्तीय संस्थाले विगत २९ वर्षदेखि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।

ललितपुरको कुपण्डोल कानदेवस्थानमा केन्द्रीय कार्यालय रहेको सेन्ट्रल फाइनान्सले काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, रुपन्देही, महोत्तरी, नवलपरासी, बारा, सिन्धुली, सर्लाही, धनुषा, सुनसरी, झापा, पर्सा, मोरङ र रौतहटलगायत स्थानमा गरी हाल १९ शाखा तथा भक्तपुरको सल्लाघारीमा एक एक्सटेन्सन काउन्टर सञ्चालन गरिरहेको छ ।

संस्थाले सेन्ट्रल स्मार्ट मोबाइल बैंकिङ एप, एटीएम डेबिट कार्ड, चेक क्लियरिङ, आईपीएस, कनेक्ट आईपीएस, कर्पोरेट पे, रेमिट्यान्स, सी–आस्वालगायतका आधुनिक बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ । आधुनिक प्रविधिको उच्चतम प्रयोगमार्फत डिजिटल बैंकिङ सेवालाई थप विस्तार गर्दै लैजाने लक्ष्य लिएको संस्थाले जनाएको छ ।

ग्राहकका बैंक खाता, वालेट तथा क्यूआरमार्फत हुने विद्युतीय रकमान्तर र भुक्तानीलाई सहज बनाउन आवश्यक पूर्वाधार तयार गरिएको र विभिन्न शाखामा एटीएम सेवा पनि सञ्चालनमा रहेको संस्थाले जानकारी दिएको छ ।

हाल फाइनान्सको चुक्ता पूँजी ९४ करोड ८८ लाख ७५ हजार रुपैयाँ रहेको छ । संस्थाको कुल निक्षेप ८ अर्ब २८ करोड रुपैयाँ र कर्जा लगानी ५ अर्ब ८ करोड रुपैयाँ पुगेको छ ।

News of Nepal logo News of Nepal

गरिमा विकास बैंकले परिवर्तन गर्यो लोगो

न्युज अफ नेपाल 14 hours ago

काठमाडौँ

गरिमा विकास बैंकले आफ्नो आधिकारिक लोगो तथा छाप परिवर्तन गरेको छ । 

बैंकले आफ्नो संस्थागत पहिचानलाई समयसापेक्ष थप सशक्त बनाउने उद्देश्यले आजदेखि लागू हुनेगरी लोगो तथा छाप परिवर्तन गरेको हो ।

बैंकको १९औँ वार्षिक साधारणसभामा सोसम्बन्धी विशेष प्रस्ताव पारित भएश्चात् अन्य आवश्यक कानुनी प्रक्रियाहरू पूरा गरी नयाँ लोगो तथा छाप कार्यान्वयनमा ल्याइएको हो । 

परिवर्तित लोगोले विकास बैंकको आधुनिकतासहितको सरल पहिचान तथा विश्वसनीय बैंकिङ सेवाप्रतिको प्रतिबद्धतालाई प्रतिविम्बित गर्ने विश्वास विकास बैंकले लिएको छ । 

Explore by Source or Category