शुभेच्छुक, शुभचिन्तक र सबै साथीहरूलाई— जय नेपाल ! साथीहरूको चासो र चिन्तालाई म हृदयदेखि स्वागत गर्छु— त्यसप्रति मेरो आदर र सम्मान छ। एउटै रेलमा सबै सँगै अघि बढौँ भन्ने चाहना थियो। यात्रु बोलाउँदै–बोलाउँदै रेल भने हिँडिसक्यो। यही तरिकाले अघि बढिरहँदा दुवै रेल यात्रुविहीन हुन सक्छन्। त्यसपछि मात्र बुझिन्छ— “सँगै हिँडौँ” भन्ने धारणा वास्तवमा के हो।
काठमाडौँ- नेपाली कांग्रेस विभाजन भएपछि अब प्रश्न ‘नेपाली कांग्रेस’ नाम लिएर जनतामाझ जाने आधिकारिक दल कुन हो भन्नेमा केन्द्रित भएको छ। निर्वाचन नजिकिँदै गर्दा शेरबहादुर देउवा नेतृत्वको कांग्रेस र गगनकुमार थापा नेतृत्वको विशेष महाधिवेशन पक्ष कांग्रेस आमनेसामने उभिएका छन्। विवाद समाधानका लागि निर्वाचन आयोगको निर्णय पर्खनुपर्नेछ।
काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको अद्यावधिक विवरण निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई बुझाएका छन्। बिहीबार सभापति थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री प्रदीप पौडेल, सहमहामन्त्री डा.डिला संग्रौला पन्तलगायतका पदाधिकारीले प्रमुख निर्वाचन आयुक्त भण्डारीलाई भेटेर अद्यावधिक विवरण हस्तान्तरण गरेका हुन्।
काठमाडौँ- गगन थापा नेतृत्वको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले पार्टीलाई निर्वाचन आयोगमा अद्यावधिक गराउने निर्णय गरेको छ। बिहीबार ललितपुरस्थित एक बैन्क्वेटमा बसेको पहिलो केन्द्रीय समिति बैठकले विशेष महाधिवशेनले गरेका निर्णयलगायत विषयमा निर्वाचन आयोगमा अद्यावधिक गराउने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
काठमाडौँ- नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीलाई एकताबद्ध राख्ने प्रयास सफल हुन नसकेको बताउँदै त्यसको दोष खोजेर राष्ट्रिय राजनीतिलाई थप धुमिल पार्न नहुने बताएका छन्।
काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय समितिको पहिलो बैठकले समसामयिक राजनीतिको समीक्षा गर्दै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रमा राखेर दुईवटा समिति गठन गरेको छ। बिहीबार ललितपुरको कुपन्डोलमा बसेको बैठकको निर्णय सुनाउँदै प्रवक्ता देवराज चालिसेले सभापति गगन थापाको संयोजकत्वमा निर्वाचन घोषणापत्र निर्माण समिति गठन गरिएको जानकारी दिए।
काठमाडौँ- गगन थापा नेतृत्वको नेपाली कांग्रेस प्रवक्तामा देवराज चालिसे मनोनीत भएका छन्। बिहीबार कुपन्डोलमा बसेको केन्द्रीय समितिको पहिलो बैठकले कास्कीका चालिसेलाई प्रवक्ता मनोनीत गर्ने निर्णय गरेको हो। उनी विशेष महाधिवेशनका अभियानकर्ता पनि थिए।
काठमाडौँ- नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारीले सामाजिक सञ्जालमा आफूलाई लक्षित गर्दै आउने गालीगलौजले चित्त दुख्ने बताएका छन्। सामाजिक सञ्जालमा अभिव्यक्त हुने असहमति र आलोचना स्वाभाविक भए पनि गालीको संस्कृतिले समाज र लोकतन्त्र दुवैलाई कमजोर बनाउने उनको भनाइ छ। डा.भण्डारीले जिउँदो मानिसले जीवनमा प्रशंसा र आलोचना दुवै भोग्नुपर्ने बताए।
काठमाडौँ- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित बहादुरसिंह लामाले पार्टी नेतृत्वसहित सम्पूर्ण पदाधिकारी र सदस्यहरूलाई बधाई तथा आभार व्यक्त गर्दै कांग्रेसको भावनालाई आत्मसात गर्ने प्रतिबद्धता जनाएका छन्।
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वको समूह आज पार्टीको अभिलेख अद्यावधिक गर्न निर्वाचन आयोग जाँदैछ। भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिको पहिलो बैठक बसी त्यसको निर्णयसहित यो समूह आयोग जान लागेको हो।