npl.977 Nepal News Stream

#जसपा नेपाल

Himal Press logo Himal Press

जसपा नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

Dhairya Kanta Dutta 23 hours ago

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समन्वय समितिमा पाँच सदस्य थप भएका छन्। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग एकीकरण भएपछि बिहीबार पहिलोपटक बसेको केन्द्रीय समन्वय समितिको बैठकले पाँच जना सदस्य थप गर्ने निर्णय गरेको हो।

समन्वय समितिमा राजकिशोर यादव, शैलेन्द्र साह, हरि मण्डल, प्रदीप यादव र जयप्रकाश ठाकुरलाई मनोनयन गरिएको समिति सदस्य परमेश्वर साहले जानकारी दिए।

त्यस्तै बैठकले आगामी राष्ट्रियसभा निर्वाचन सम्पन्न गर्न तीन सदस्यीय समन्वय समिति गठन गर्ने निर्णय गरेको छ। समितिमा राष्ट्रियसभा सदस्य खालिद सिद्दिकी, परमेश्वर साह र लालकिशोर रहनेछन्। समितिले निर्वाचन रणनीति, समन्वय, व्यवस्थापनलगायतका जिम्मेवारी सम्हाल्ने छन्।

केन्द्रीय समन्वय समितिको बैठकले माघ ५ गते प्रत्येक संसदीय निर्वाचन क्षेत्रमा ‘बलिदानी दिवस’ मनाउने निर्णय गरेको छ। त्यस्तै ‘मधेश प्रदेश’ नामकरण भएको अवसर पारेर माघ ३ गते मधेश प्रदेशको सबै क्षेत्रमा विशेष कार्यक्रम बनाउने निर्णय भएको समिति सदस्य साहले बताए।

बैठकले जसपा नेपाल र लोसपाबीच भएको १२ बुँदे समझदारी र चुनावमा संरक्षक महन्थ ठाकुर र अध्यक्ष उपेन्द्र यादवको हस्ताक्षर आधिकारिक हुने निर्णयलाई अनुमोदन गरेको छ।

केन्द्रीय समन्वय समिति सदस्यहरूको जिम्मेवारी बाँडफाँट गरी प्रत्येक संसदीय निर्वाचन क्षेत्रमा खटाउने निर्णय पनि बैठकले गरेको छ।

Explore by Source or Category