अस्ट्रेलियन हार्भे नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्ट
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले यसै महिना हुने आइसिसी पुरुष टि ट्वान्टी विश्वकपको तयारीका लागि अष्ट्रेलियन पूर्व क्रिकेटर इयान हार्भे लाई नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टका नियुक्त गरेको छ।
क्यानले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै हार्भेको नियुक्तिका बारेमा जानकारी दिएको हो। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को कार्यक्रमअनुसार भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने टि ट्वान्टी विश्वकप माघ २४ गते (फेब्रुअरी ७ देखि मार्च ८) सुरु हुनेछ।
विश्व कपलाई लक्षित गर्दै टोलीको तयारीलाई अझ मजबुत बनाउने उद्देश्यले हार्भेलाई जिम्मेवारी दिइएको बताइएको छ।

हार्भे पूर्व अष्ट्रेलियन अन्तर्राष्ट्रिय खेलाडी हुन् भने हाल उनी इंग्लिस काउन्टी क्लब ग्लामोर्गन का सहायक प्रशिक्षकका रूपमा कार्यरत छन्। उनको अनुभवले नेपाली टोलीको बलिङ पक्षलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।
नेपालले माघ २५ गते इङ्गल्यान्डसँग खेल्दै विश्व कपको सुरुवात गर्नेछ। समूहमा वेस्ट इन्डिज, बंगलादेश र इटाली पनि छन्
The post अस्ट्रेलियन हार्भे नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्ट first appeared on हाम्रो खेलकुद.