npl.977 Nepal News Stream

#कला/साहित्य

Contents
राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

‘आचार्य’ नसक्दै ‘कस्तुरी’मा उत्रिए निखिल उप्रेती

राजधानी समाचारदाता 7 hours ago

काठमाडौँ । आफ्नो गृह ब्यानरको चलचित्र ‘आचार्य’को निर्माण निर्देशन तथा अभिनयमा व्यस्त रहेको अभिनेता निखिल उप्रेती सो चलचित्रको एउटा गीतको छायांकन बाँकी राख्दै अर्को चलचित्रको काम सुरु गरेका छन् । मंगलबारबाट अभिनेता निखिल नयाँ चलचित्र ‘कस्तुरी’को छायांकनमा जोडिएका हुन् ।

‘कस्तुरी’को मंगलबार मुहूर्त गरेर छायांकन सुरु गरिएको हो । जसमा निखिल र वर्षा सिवाकोटी जोडी बनेर प्रस्तुत भएका छन् । निखिल र वर्षा पहिलो पटक पर्दामा जोडी बनेका हुन् । ‘कस्तुरी’को शुभ मुहूर्त मंगलबार बिहान ललितपुरको बंगलामुखी मन्दिरमा गरिएको हो ।

निखिल र वर्षासँगै यो चलचित्रमा निशा अधिकारी, अर्जुन गुरुङ, भोलाराज सापकोटा, शेखर चापागाईँ, निर्मल शर्मा, सबी थापा, प्रशान्त केसी, सन्तोष बानियाँ, मिरा पण्डित, घनश्याम जोशी, श्रेया श्रेष्ठ, प्रतिष्ठा थापा, नेहा गौतमको मुख्य भूमिका रहेको छ । चलचित्रमा गौरव पहारी र हेना नगरकोटीको अतिथि भूमिका रहेको मुहूर्त समारोहमा जानकारी गराइयो ।

यो चलचित्रलाई ऋत बोहोराले निर्देशक गर्दै छन् । ४० दिनमा छायांकन सक्ने लक्ष्यसहित मंगलबारबाटै चलचित्रको छायांकन थालिएको जनाउँदै निर्देशक बोहोराले भने, ‘ मुलुकमा चुनावी माहौल चलिरहेको बेला हामी भने चलचित्रको छायांकनमा उत्रिएका छौँ । यसको अधिकांश छायांकन काठमाडौं र आसपासमा गरिने भएको छ ।’

आफ्नो यो चलचित्र सस्पेन्स र अपराध कथामा तयार हुने पनि ऋतले मुहूर्त समारोहमा जानकारी गराए । यो चलचित्रको निर्माता धिरज कुमार अग्रवाल रहेको छन् । यस्तै यसको सह निर्मातामा अञ्जली चौधरी छिन भने चलचित्रको छायांकारमा आलोक शुक्ल रहेका छन् ।यो चलचित्रमा प्रशान्त सिवाकोटीको संगीत र दिलीप पन्तको निर्माण व्यवस्थापन रहेको छ । टेन इन्टरटेनमेन्ट प्रा.लि.को ब्यानरमा निर्माण हुँदै गरेको यो चलचित्रको कथा ऋत बोहोराले नै लेखेका हुन् ।

The post ‘आचार्य’ नसक्दै ‘कस्तुरी’मा उत्रिए निखिल उप्रेती appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

१४ महिनादेखि अभिनेत्री प्रियंका ‘वाराणसी’को छायांकनमा

एजेन्सी 7 hours ago

मुम्बई । दैनिक शारीरिक अभ्यास तथा डरलाग्दो स्टन्टको लागि विशेष तालिम लगातार लिँदा अभिनेत्री प्रियंका चोपडालाई विशेष सैन्य प्रशिक्षणमा भएको जस्तो लागेको थियो । निकै कठिन बनेको त्यो तालिमले आफूलाई चलचित्र ‘बाराणसी’मा सफल स्टन्ट गर्न निकै ठुलो सहयोग पुगेको प्रियंकाले बताएका छिन् । उनी विगत १४ महिनादेखि यो चलचित्रको छायांकनमा छिन् ।

बलिउडबाट हलिउड पुगेकी अन्तर्राष्ट्रिय स्टार प्रियंका चोपडाको चर्चा फेरि एक पटक भारतीय चलचित्रमा यति बेला चुलिएको छ । दक्षिण भारतीय चर्चित निर्देशक एसएस राजामौलीको महत्वाकांक्षी चलचित्र ‘वाराणसी’मा जोडिएसँगै अभिनेत्री प्रियंकाको चर्चा चुलिएको हो ।

यी अभिनेत्री पछिल्लो समय हलिउड केन्द्रित भएकी थिइन् । उनी पतिसँग प्राय अमेरिकामै रमाउन थालेकी थिइन् । अमेरिकामा समेत फरक पहिचान बनाइसकेकी प्रियंकाले यही चलचित्रमार्फत हिन्दी चलचित्रमा पुनरागमन गर्न लागेकी हुन् ।

निर्माण पक्षका अनुसार, प्रियंकाले यो भूमिकाका लागि विशेष शारीरिक तालिम, एक्सन ट्रेनिङ र चरित्र अध्ययनमा लामो समय खर्च गरेकी छिन् । हिन्दी, अंग्रेजी र क्षेत्रीय भाषाको मिश्रण हुने संवादमा समेत उनले अतिरिक्त अभ्यास गरेकी छन्।

हुन त यो चलचित्र रिलिज हुन अझै एक वर्षको समय बाँकी छ । तर पनि अभिनेत्री प्रियंकाले यो चलचित्रको लागि दिएको स्टन्ट दृश्यले उनले यसमा गरेको मेहनतका कारण अहिले यसको चर्चा व्यापक बनेको छ । निर्देशक मौलीका अनुसार हिन्दी चलचित्रकै सबैभन्दा महँगो र ठुलो स्तरको परियोजनामध्ये एक यसलाई मानिएको छ । सोही कारण पनि कलाकारहरूलाई यसको लागि निकै कडा मेहनत गराउने परेको निर्देशकले बताएका छन् ।

यसै बिच, प्रियंकाका पति तथा अन्तर्राष्ट्रिय पप स्टार निक जोनसले पनि चलचित्र र आफ्नी श्रीमतीको मेहनतको खुलेर प्रशंसा गरेका छन्। लोकप्रिय ‘ज्याक साङ सो’मा देखा परेका निकले ‘वाराणसी’ प्रतिको आफ्नो उत्साह व्यक्त गर्दै प्रियंकाको समर्पणलाई विशेष रूपमा उल्लेख गरे ।

निकका अनुसार प्रियंका विगत १४ महिनादेखि समय–समयमा यो चलचित्रको छायांकनमा व्यस्त छिन् । एउटै चलचित्रको छायांकनको लागि उनी यति लामो समयसम्म पहिलो पटक व्यस्त भएको पनि निकले बताएका छन् ।

‘यो एसएस राजामौलीको लागि एक प्रमुख चलचित्र हो र यो साँच्चिकै उत्कृष्ट हुनेछ । किनकि प्रियंकाले यसका लागि अत्यन्तै कडा मेहनत गरेकी छिन्’, निकले भने ।

यो चलचित्रमा प्रियंका चोपडा ‘मन्दाकिनी’ नामक शक्तिशाली पात्रको भूमिकामा देखिँदै छिन्। गत वर्ष सार्वजनिक भएको उनको पहिलो लुक पोस्टरले दर्शकको उत्सुकता झनै बढाएको थियो । पहेँलो साडी, गम्भीर भाव र हातमा पिस्तोल बोकेको उनको अवतारले यो पात्र भावनात्मक मात्र होइन, एक्सनले भरिपूर्ण र प्रभावशाली हुने संकेत गरेको थियो ।

‘वाराणसी’सँगै प्रियंकाका अन्य आगामी प्रोजेक्टहरू पनि चर्चामा छन्। हलिउडतर्फ उनी चर्चित वेब सिरिज ‘सिटाडेल’ को दोस्रो सिजनमा फेरि देखिँदै छिन्। साथै, उनी अन्तर्राष्ट्रिय एक्सन–ड्रामा चलचित्र ‘हेड्स अफ स्टेट’ मा पनि प्रमुख भूमिकामा छिन्, जहाँ उनी विश्व स्तरका कलाकारहरूसँग स्क्रिन सेयर गर्दै छिन् ।

यसरी, ‘वाराणसी’ केवल प्रियंका चोपडाको हिन्दी चलचित्रमा पुनरागमन मात्र होइन, उनको करिअरको अर्को निर्णायक मोडका रूपमा हेरिएको छ । कडा मेहनत, अन्तर्राष्ट्रिय अनुभव र समर्पणका साथ प्रियंका फेरि एक पटक दर्शकको मन जित्न तयार देखिन्छिन् ।

The post १४ महिनादेखि अभिनेत्री प्रियंका ‘वाराणसी’को छायांकनमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

किताव बेच्न जापानका ६ सहर घुम्दै राजेश हमाल

राजधानी समाचारदाता 7 hours ago

काठमाडौं । केही वर्ष यताबाट प्रकाशित साहित्यिक कृति भन्दा डिजिटल साहित्यिक कृति पढ्नेहरूको संख्या बढेको छ । तथापि फाइन प्रिन्टले प्रकाशित साहित्यिक कृति बिक्री बढाउने देश विदेशमा पुस्तक यात्रा आयोजना गर्दै आएको छ । दुई महिना अघि नेपालका विभिन्न सहरमा फाइन प्रिन्ट पुस्तक यात्रा सम्पन्न गरेको फाइन प्रिन्टले अव भने विदेशमा पनि ‘बुक टुर’ शीर्षकमा पुस्तक यात्राको थालनी गरेको हो ।

यसै सन्दर्भमा अभिनेता राजेश हमालले आफ्नो जीवनीमा आधारित पुस्तक ‘युगदेखि युगसम्म’को बिक्री तथा प्रचार प्रसारका लागि जापानका ६ वटा सहरमा यात्रा गर्दै छन् । एनआरएनए–जापानको आयोजनामा जापानका ६ सहर टोकियो, सिजुओका, नागोया, ओसाका, फुकुओका र ओकिनावामा हुने ‘युगदेखि युगसम्म ः सपना, साधना र सफलता’ शीर्षक कार्यक्रममा अभिनेता हमालले पाठकसँग साक्षात्कार गर्दै आफ्ना पुस्तक किन्नेलाई हस्ताक्षर गरेर यो पुस्तक दिने भएका छन् ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास–जापान) को सह आयोजनामा यो यात्रा हुन लागेको मुख्य आयोजक फाइन प्रिन्ट बक्सले सञ्चारकर्मीलाई मंगलबार जानकारी गरायो । यो कार्यक्रममा सहभागी हुन अभिनेता राजेश हमाल जापान उडिसकेका छन् । यो कार्यक्रम बुधवार अर्थात ११ फेबु्रअरीमा टोकियोमा, शनिवार १४ फेब्रुअरीमा सिजुओका, आइतबार १५ फेबु्रअरीमा नागोया, मंगलवार १७ फेबु्रअरीमा ओसाका, बिहीवार १९ फेबु्रअरीमा फुकुओका र शुक्रवार २० फेब्रुअरीमा ओकिनावामा आयोजना हुने पनि फाइन प्रिन्टले जनाएको छ ।

जापानमा रहेका आफ्ना शुभचिन्तक एवं पाठकहरूसमक्ष पुग्ने अवसर पाउँदा आफूलाई खुसी लागेको बताउँदै अभिनेता हमालले भनेका छन्, ‘म आफ्नो पुस्तकसहित जापानमा रहनुभएका नेपाली पाठकलाई भेट्न पाउँदा उत्साही छु । केही महिनाअघि जापान पुग्दा उहाँहरूले मेरो पुस्तक’bout चासो प्रकट गर्नुभएको थियो ।’

यसपालि आफ्नो जीवन, विचार र साधना’bout छलफल गर्न जापान आएको पनि उनले बताएका छन् । राजेश हमालसँगै लेखक एवं पत्रकार यज्ञशसँगको सहकार्यमा राजेश हमालको जीवन कथा एवं सिनेमा र समाज’bout उनका विचारहरूको पुस्तक ‘युगदेखि युगसम्म’ प्रकाशन गरेको हो ।

फाइन प्रिन्टका प्रमुख कार्यकारी अधिकृत नीरज भारीले सञ्चारकर्मीसँग विदेशमा, खास गरी जापानमा नेपाली पुस्तक र साहित्य प्रेमीको संख्या ठुलो रहेको भन्दै युगदेखि युगसम्म बुक–टुरले लेखक, प्रकाशक र पाठकको सम्बन्धलाई झन् नजिक ल्याउने बताएका छन् ।

‘जापानमा हाम्रा धेरै पाठक हुनुहुन्छ । नेपाली विद्यार्थीहरू संख्या बढेसँगै नेपाली पुस्तकको माग पनि बढेको छ । नेपाल बाहिर फैलँदो पुस्तक बजारसँग जोडिने पहल स्वरूप यो कार्यक्रम आयोजना हुन गइरहेको हो,’ नीरज भारीले भने, ‘धेरैभन्दा धेरै पाठकसँग भेट्ने र त्यहाँसम्म नेपाली पुस्तक सजिलोसँग पु¥याउने संयन्त्र निर्माण गर्ने हाम्रो कोसिस रहनेछ ।’

यस्तै एनआरएनए–जापानका अध्यक्ष सुभाष लामिछानेले जापानमा रहेका नेपाली पाठक एवं अभिनेता हमालका शुभचिन्तकहरू समक्ष हमाल र उनको पुस्तकलाई प्रस्तुत गर्न पाउँदा खुसी लागेको बताएका छन् ।

The post किताव बेच्न जापानका ६ सहर घुम्दै राजेश हमाल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Explore by Source or Category