npl.977 Nepal News Stream

#अस्थायी मतदाता

Himal Press logo Himal Press

ललितपुरमा दुई हजार ४९ अस्थायी मतदाता

Keshav Rana Chhetri 20 hours ago

ललितपुर- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ललितपुर जिल्लामा दुई हजार ४९ अस्थायी मतदाता कायम भएका छन्।

जिल्ला निर्वाचन कार्यालयका अनुसार सुरक्षाकर्मी तथा निर्वाचन कार्यमा खटिएका कर्मचारीले आफू खटिएको मतदान केन्द्रमै समानुपातिकतर्फको मतपत्रमा मतदान गर्न पाउने व्यवस्था गरिएको छ। जिल्ला निर्वाचन कार्यालयकी प्रमुख गोमा धमलाले निर्वाचनमा खटिन नपाएका कर्मचारी तथा सुरक्षाकर्मीका लागि भने छुट्टै दुई स्थानमा मतदान केन्द्र तोकिएको जानकारी दिए।

अस्थायी मतदाताले समानुपातिकतर्फ मतदान गर्न पाउने गरी लगनखेलस्थित नमुना मच्छेन्द्र माध्यमिक विद्यालय र नख्खु कारागारमा मतदान केन्द्र निर्धारण गरिएको छ।नख्खु कारागारमा रहेका कैदीबन्दी, त्यहाँ कार्यरत कर्मचारी तथा सुरक्षाकर्मीले सोही स्थानबाट समानुपातिकतर्फ मतदान गर्न पाउनेछन्। निर्वाचन आयोगको निर्देशिकाअनुसार अस्थायी मतदातालाई समानुपातिकतर्फ मात्र मतदानको अधिकार रहने व्यवस्था छ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार ललितपुरमा एक लाख ३१ हजार ५४९ महिला र एक लाख एक लाख ३७ हजार ७०७ पुरुष गरी कूल दुई लाख ६९ हजार २५६ मतदाता रहेका छन्। जिल्लाभर १३१ मतदानस्थल तथा ३१८ मतदान केन्द्र निर्धारण गरिएको कार्यालयले जनाएको छ।

Explore by Source or Category