npl.977 Nepal News Stream

#अर्थ संसार

Contents
Kendrabindu logo Kendrabindu

नेपाल बैंक लिमिटेडको ६६ औँ वार्षिक साधारण सभा सम्पन्न, लेखापरीक्षक नियुक्ति र नियमावली संशोधन सर्वसम्मत

इन्द्र कमल रोक्का 12 hours ago

काठमाडौं । नेपाल बैंक लिमिटेडको ६६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

पौष ३० गते सञ्चालक समितिका अध्यक्ष प्रा.डा. डिल्लीराज शर्माको अध्यक्षतामा बैंकको ६६ औँ वार्षिक साधारण सभामा आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८२ आषाढ मसान्तको वित्तीय विवरणहरू पारित गरी सम्पन्न भएको छ ।

त्यस्तै, सभाले आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको पारिश्रमिक, सेवा, शर्त र सुविधा पारित गर्दै महालेखापरीक्षकको कार्यालयबाट परामर्श प्राप्त भए पश्चात् लेखापरीक्षक नियुक्त गर्ने अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव सर्वसम्मतरूपमा पारित गरेको छ ।

बैंकको नियमावलीको नियम ३१ मा भएको व्यवस्था बमोजिम सञ्चालकको पारिश्रमिक, भत्ता र सुविधा सम्बन्धी व्यवस्थामा संशोधन गर्ने प्रस्ताव पारित गर्दै उक्त प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै फेरबदलको सुझाव प्राप्त भएमा सो बमोजिम आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान समेत गरेको छ ।

Kendrabindu logo Kendrabindu

धनगढीमा टाटाको ‘माघी एक्सचेन्ज उत्सव’ सुरू

इन्द्र कमल रोक्का 12 hours ago

काठमाडौं । टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले सुदूरपश्चिमका ग्राहकलाई लक्षित गरी धनगढीमा तीन दिने ‘माघी एक्सचेन्ज उत्सव’ बिहीबारदेखि सुरू भएको छ।

माघ १ देखि ३ गतेसम्म धनगढीस्थित जिएआरएस ट्रेडिङमा सञ्चालन हुने यस उत्सवमा टाटाका टियागो इभी, कर्भ इभी, नेक्सन के३ इभी र पञ्च इभी लगायतका अत्याधुनिक मोडलहरू प्रदर्शन र परीक्षणका लागि राखिएका छन्। पर्वको अवसरमा जुनसुकै ब्रान्डको पुरानो गाडी साटेर नयाँ सवारी चढ्न चाहने ग्राहकका लागि यो उत्सव विशेष मौका बन्ने कम्पनीले जनाएको छ।

उत्सवमा सहभागी हुने ग्राहकले आकर्षक एक्सचेन्ज बोनस, एक्सेसरिज, सिप्रदीको चार्जिङ नेटवर्कमा लाइफ टाइम निःशुल्क चार्जिङ, निःशुल्क चार्जिङ बक्स (जडान सहित) एवं निःशुल्क एभिटीसहित हरेक बुकिङमा आकर्षक उपहार पनि पाउने कम्पनीले जनाएको छ ।

यस अभियानले ग्राहकलाई आधुनिक प्रविधियुक्त र किफायती सवारी साधन छनोट गर्न सहज बनाउने कम्पनीको विश्वास छ।ग्राहकले धनगढीको बोराडाडीस्थित जिएआरएस ट्रेडिङमा गएर टाटा मोटर्सले नयाँ तथा अत्याधुनिक डिजाइनका गाडीहरू अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन् ।

Kendrabindu logo Kendrabindu

स्कोडा किलाकलाई भारत एनक्याप क्र्यास टेस्टमा फाइभ स्टार रेटिङ

इन्द्र कमल रोक्का 12 hours ago

काठमाडौं । आफ्नो नयाँ इन्ट्री–लेभल एसयूभी स्कोडा किलाकले भारत एनक्याप क्र्यास टेस्टमा प्रतिष्ठित फाइभ-स्टार रेटिङ प्राप्त गरेको छ।

भारत एनक्याप परीक्षणमा सहभागी हुने स्कोडाको यो पहिलो मोडल हो। किलाकले एडल्ट अक्युपेन्ट प्रोटेक्सनमा ३०.८८ स्कोर र चाइल्ड अक्युपेन्ट प्रोटेक्सनमा ४५.०० स्कोर प्राप्त गर्दै आफ्नो सेग्मेन्टको सबैभन्दा सुरक्षित एसयूभीको पहिचान बनाएको कम्पनीले जनाएको छ।

यो परिणामले गाडीभित्र रहेका वयस्क र बालबालिका दुवै एकदम सुरक्षित छन् भन्ने देखाउँछ। यसले यही श्रेणीका अन्य सवारीसाधनका लागि एक उच्च मापदण्ड स्थापना गरेको छ। बेस भेरियन्टदेखि नै उपलब्ध ६ एयरब्याग र २५ भन्दा बढी एक्टिभ तथा प्यासिभ सेफ्टी फिचरहरूले हरेक स्तरमा यात्रुको सुरक्षालाई सर्वोच्च प्राथमिकता दिएको देखिन्छ।

बालबालिकाको सुरक्षामा किलाकले असाधारण प्रदर्शन गरेको छ। यसले फ्रन्टल अफसेट बारियर टेस्टमा उच्चतम १६ अंक (१००%) र १.५ र ३ वर्षका बच्चाका लागि गरिएको साइड–मुभिङ डिफर्मेबल बारियर टेस्टमा पूर्ण ८ अंक (१००%) पाउन सफल भयो। रिकमेन्डेड चाइल्ड सीट असेसमेन्टमा पनि यसले पूरा अंक प्राप्त गर्‍यो, र भेहिकल–बेस्ड मूल्यांकनमा १३ मध्ये ९ अंक (६९%) हासिल गर्‍यो।

यी नतिजाहरूले स्कोडाले बच्चाहरूलाई महत्त्व दिएको देखाउँछन् र परिवारका लागि किलाक एक अत्यन्तै सुरक्षित र भरपर्दो विकल्प भएको पुष्टि गर्छन्। किलाकको यो उत्कृष्ट सुरक्षा प्रदर्शनले स्कोडा कुशाक र स्लाभिया जस्ता मोडलले ग्लोबल एनक्यापमा फाइभ–स्टार प्राप्त गरेको स्कोडाको सेफ्टी लिगेसीलाई निरन्तरता दिएको छ। स्कोडाले सधैं सुरक्षालाई प्राथमिकतामा राख्दै आएको छ।

किलाकको सुरक्षासम्बन्धी नतिजाहरूले ब्रान्डको वास्तविक सडक यात्रामा सबै यात्रुहरूको सुरक्षा सुनिश्चित गर्ने प्रतिबद्धतालाई फेरि पुष्टि गरेको छ।

सुरक्षा सँगसँगै किलाकमा आराम, शैली र आधुनिक प्रविधिको उत्कृष्ट संयोजन छ, जसले यसलाई भारतीय ग्राहकका लागि भरपर्दो र सन्तुलित एसयूभी बनाउँछ। यो एसयूभीले विश्वस्तरीय सुरक्षा मानक पूरा गर्ने मात्र होइन, दैनिक प्रयोगमा आवश्यक हुने व्यावहारिक सुविधाहरू पनि प्रदान गर्दछ। फाइभ–स्टार भारत एनक्याप रेटिङले यसको विश्वसनीयता मात्र बढाएको छैन, यात्रु र परिवारजनको सुरक्षा सर्वोपरी ठान्ने ग्राहकलाई मानसिक सान्त्वनासमेत प्रदान गरेको छ।

नेपालमा यसप्रति चासो बढ्दै जाँदा अटोमोबाइल मन पराउने र आम मानिसहरू स्कोडा काइलाकको अफिसियल लन्चको प्रतीक्षामा छन्। उच्चकोटिको सुरक्षा, अत्याधुनिक डिजाइन र उन्नत सुविधाहरूको संयोजन भएको काइलाकले नेपाली बजारमा इन्ट्री-लेभल एसयूभीहरूका लागि नयाँ बेन्चमार्क कायम गर्ने अपेक्षा गरिएको छ।

किलाकमार्फत स्कोडा इन्डियाले इन्ट्री–लेभल एसयूभी सेग्मेन्टमा नयाँ सुरक्षा स्तर सफलतापुर्वक स्थापना गरेको छ। क्र्यास टेस्टमा प्राप्त बलियो नतिजा, व्यापक सुरक्षा सुविधा र यात्रुको सुरक्षाप्रति निरन्तरको प्रतिबद्धताले गर्दा स्कोडाको उत्कृष्टता झनै मजबुत भएको छ।

भारत एनक्याप परीक्षण पास गर्ने स्कोडाको पहिलो मोडलका रूपमा किलाकले सुरक्षालाई विकल्प होइन, ब्रान्डको प्रमुख प्राथमिकताका रूपमा प्रस्तुत गरेको कम्पनीको दाबी छ।

Kendrabindu logo Kendrabindu

टिसिएलको वर्ल्डकपमा दोस्रो चरणको विजेता सार्वजनिक

इन्द्र कमल रोक्का 13 hours ago

काठमाडौं । विश्वस्तरीय इलेक्ट्रोनिक्स ब्रान्ड टिसिएलले भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा आयोजना हुने आइसिसी टी–२० विश्वकप क्रिकेटमा नेपाली टोलीको खेल हेर्न पाउने उपभोक्ता क्याम्पेनअन्तर्गत पहिलो चरणको विजेता सार्वजनिक गरेको छ।

उपभोक्तालाई अत्याधुनिक प्रविधिसँगै अन्तर्राष्ट्रिय खेलकुदको रोमाञ्चसँग जोड्ने उद्देश्यले देशभर सञ्चालन गरिएको “नेपालको शान, मुम्बईको मैदान” अभियानअन्तर्गत भाग्यशाली विजेता छनोट गरिएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार दोस्रो चरणको विजेता टेकनाथ भण्डारी हुन् । उनले मोडर्न डिजिटल इलेक्ट्रोनिक्स, पोखराबाट टिसिएल क्युलेड टेलिभिजन खरिद गरी उक्त क्याम्पेनमा सहभागिता जनाएका थिए ।

यस योजनाअन्तर्गत विजेताले चार रात पाँच दिनको मुम्बई यात्रासहित ऐतिहासिक वानखेडे स्टेडियममा नेपाल राष्ट्रिय क्रिकेट टोलीको खेल प्रत्यक्ष अवलोकन गर्ने अवसर प्राप्त गर्नेछन् । यात्रासम्बन्धी हवाई टिकट, होटल बसाइ, म्याच टिकट तथा अन्य आवश्यक सम्पूर्ण खर्च टिसिएल नेपालले नै व्यहोर्ने जानकारी दिएको छ ।

कम्पनीका अनुसार, टिसिएल वासिङ मेसिन खरिद गर्दा ३ केजी एरियल डिटर्जेन्ट निःशुल्क प्रदान गरिनुका साथै निःशुल्क जडान सुविधा दिइएको छ । यस्तै, टिसिएल एयर कन्डिसनर खरिदमा निःशुल्क जडान सुविधा दिइएको छ भने ४३ इन्च तथा सोभन्दा माथिका टिसिएल टेलिभिजन खरिदमा नेटटिभीको ९ महिनाको निःशुल्क सब्स्क्रिप्सन पनि उपलब्ध गराइएको छ ।

साथै, नागरिताको आधारमा इएमआई सुविधा र पुरानो सामान साटेर नयाँ किन्न सकिने एक्सचेन्ज अफरसमेत लागू गरिएको कम्पनीले जनाएको छ ।

Kendrabindu logo Kendrabindu

अमेरिकाले रोक्यो नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा

इन्द्र कमल रोक्का 20 hours ago

काठमाडौं। अमेरिकाले नेपालसहित विश्वका ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया अस्थायी रूपमा स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले बुधबार जारी गरेको निर्देशनअनुसार ती देशबाट आउने आप्रवासी भिसा आवेदनहरू तत्कालका लागि रोकिएका छन्।

अमेरिकी विदेश मन्त्रालयका अनुसार यो निर्णय ट्रम्प प्रशासनले लागू गरेको कडा अध्यागमन नीतिको निरन्तरता हो। अमेरिकामा बसोबास गरेपछि सार्वजनिक सहायता कार्यक्रममा निर्भर हुन सक्ने सम्भावना देखिएका देशका नागरिकलाई लक्षित गर्दै यो कदम चालिएको बताइएको छ। विदेशमन्त्री मार्को रुबियोको नेतृत्वमा रहेको मन्त्रालयले सबै कन्सुलर अधिकारीहरूलाई प्रभावित देशका आप्रवासी भिसा आवेदन प्रक्रिया अघि नबढाउन निर्देशन दिएको छ।

यो निर्णय गत नोभेम्बरमा जारी गरिएको आदेशसँग जोडिएको छ, जसले अमेरिकी सरकारमाथि आर्थिक भार पर्न सक्ने सम्भावित आप्रवासीहरूको प्रवेश कडा रूपमा नियमन गर्ने व्यवस्था गरेको थियो। यसअघि नै ट्रम्प प्रशासनले करिब ४० देशमाथि यात्रा तथा अध्यागमन प्रतिबन्ध लगाइसकेको थियो।

विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा अमेरिकी अध्यागमन प्रणाली सार्वजनिक सुविधाको दुरुपयोग हुन नदिन पुनःमूल्याङ्कन भइरहेको जनाएको छ। मन्त्रालयका अनुसार आप्रवासी भिसा प्रक्रिया अध्यागमन प्रणालीको पुनरावलोकन नसकिएसम्म स्थगित रहनेछ।

यद्यपि, आगामी जनवरी २१ देखि लागू हुने यो निर्णय गैर–आप्रवासी भिसा (पर्यटक, व्यापारिक तथा अस्थायी यात्रा) मा भने लागू हुने छैन। तर गैर–आप्रवासी भिसा आवेदकहरूमाथि पनि अब सार्वजनिक सुविधा प्रयोग गर्ने सम्भावनाबारे कडा जाँच गरिनेछ। कन्सुलर अधिकारीहरूले आवेदकको आर्थिक अवस्था, रोजगारी, शिक्षा, स्वास्थ्य, पारिवारिक अवस्था, अङ्ग्रेजी दक्षता र विगतमा सार्वजनिक सहायता प्रयोग गरेको विवरणसमेत गहन रूपमा अध्ययन गर्न सक्नेछन्।

अधिकारीहरूले आवेदकलाई अमेरिकामा रहँदा कुनै पनि सार्वजनिक सहायता नलिने प्रमाण पेश गर्न लगाउन सक्ने र आवश्यक परे अतिरिक्त फारम भर्न लगाइने व्यवस्था गरिएको छ।

नेपालका लागि यो निर्णयले पारिवारिक पुनर्मिलन, डाइभर्सिटी भिसा तथा स्थायी बसोबास खोजिरहेका हजारौँ आवेदक प्रभावित हुने देखिएको छ। विज्ञहरूका अनुसार भिसा प्रक्रिया पुनः सुरु हुने समय अनिश्चित रहेकाले नेपाली आवेदकहरूलाई थप प्रतीक्षा गर्नुपर्ने अवस्था सिर्जना भएको छ।

अमेरिकाले भिसा स्थगन सूचीमा नेपालसहित अफगानिस्तान, अल्बानिया, अल्जेरिया, एन्टिगुवा र बारबुडा, अर्मेनिया, अजरबैजान, बहामास, बंगलादेश, बार्बाडोस, बेलारुस, बेलिज, भुटान, बोस्निया, ब्राजिल, बर्मा (म्यानमार), कम्बोडिया, क्यामरुन, केप भर्डे, कोलम्बिया, कंगो, क्युबा, डोमिनिका, इजिप्ट, एरिट्रिया, इथियोपिया, फिजी, गाम्बिया, जर्जिया, घाना, ग्रेनाडा, ग्वाटेमाला, गिनी, हाइटी, इरान, इराक, आइभोरी कोस्ट, जमैका, जोर्डन, काजाकिस्तान, कोसोभो, कुवेत, किर्गिस्तान, लाओस, लेबनान, लाइबेरिया, लिबिया, म्यासेडोनिया, मोल्डोभा, मंगोलिया, मोन्टेनेग्रो, मोरक्को, निकारागुआ, नाइजेरिया, पाकिस्तान, गणतन्त्र कंगो, रुस, रुवाण्डा, सेन्ट किट्स र नेभिस, सेन्ट लुसिया, सेन्ट भिन्सेन्ट र ग्रेनाडिन्स, सेनेगल, सियरा लियोन, सोमालिया, दक्षिण सुडान, सुडान, सिरिया, तान्जानिया, थाइल्याण्ड, टोगो, ट्युनिसिया, युगान्डा, उरुग्वे, उज्वेकिस्तान, यमन ७५ देशलाई समेटेको छ।

Explore by Source or Category